काठमाडौँ ५ मङ्सिर
चिनमा भएको नवौ कंग्रेस काउन्सिल सदस्य र कार्यकारी व्युरो सदस्यमा तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । कार्तिक २७ गते देखि २९ गतेसम्म मित्रराष्ट्र चिनमा भएको शहर र स्थानिय सरकारको छाता संगठन United cities and Local Government , Asia and pacific regional Congress नवौ कंग्रेस सम्मेलनमा न्यौपाने काउन्सिल सदस्य र कार्यकारी व्युरो सदस्यमा निर्वाचित भएका हुन् ।
उक्त सम्मेलनमा चिन ,भारत ,पाकिस्तान , वंगलादेश , मलेशिया ,श्रीलंका ,इंडोनेशिया, दक्षिण कोरिया , जापान , फिलिपिन्स ,न्यजिल्यान्ड , नेपाल , ताइवान लगायतका देशहरुबाट करिब ५०० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।नेपालबाट बिराटनगर नगरपालिका , घोराही उपमहानगरपालिका , धुलिखेल , व्यास ,वालिङ ,कागेश्वरी मनहरी नगरपालिका ,जि बि स महासघं , नेपाल नगरपालिका महासघं ,नेपाल गाउँपालिका महासघंका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।




