• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

पोखराका भान्छामा तीस वर्षदेखि पाक्दैछ बायोग्यासमा खाना


  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
  • पोखरा १२ मङ्सिर 

    Advertisement

    बजारमा सहजै एलपी ग्यास पाउन सकिने र विद्युत्को पहुँच पनि भएकाले पोखरा महानगरपालिकाका अधिकांश घरमा खाना एलपी ग्यास वा बिजुलीमै पाक्ने गर्दछ । यसले मध्यम परिवारको खाना पकाउन प्रयोग हुने ऊर्जाका लागि मासिक रु दुईदेखि तीन हजारसम्म खर्च हुने गर्दछ । तर यहाँका थोरै घरका बासिन्दाले अहिले पनि ३० वर्षदेखि निरन्तर बायोग्यासमै खाना पकाउने गर्दछन् र त्यसका लागि हुने खर्च बचत गरिरहेका छन् ।

    यस्तै, परिवारमा पर्दछ, पोखरा महानगरपालिका–१० महतगौँडा सरस्वती भण्डारीको परिवार । उहाँको घरमा २०५१ सालमा आठ घनमिटरको बायोग्यास प्लान्ट जडान भएको हो । पहिलेको घरधनी पुष्पराज शर्माले सो प्लान्ट जडान गराउनुभएको थियो । उहाँले नै १४ वर्ष निरन्तर चलाउनुभएको थियो । पुष्पराजसँग घर किनेपछि सरस्वतीको परिवारले पनि त्यस प्लान्टलाई निरन्तर प्रयोगमा ल्याउँदै आएको छ । २०६५ सालमा घर किनेपछि प्लान्टमा पनि सामान्य मर्मत, रङ्गरोगन गरेपछि राम्रोसँग सञ्चालन हुँदै आएको उहाँ बताउनुहुन्छ । उतिबेला खाना पकाउनका लागि नजिकको जङ्गलमा दाउरा लिन जानुपर्ने, भान्छामा घण्टौँसम्म धुवाँमा बसेर खाना पकाउनुपर्ने र कालो भाँडाकुँडा मस्काउँदाका पीडा उहाँले बिर्सनुभएको छैन । घरमा पहिले नै बायोग्यास प्लान्ट सञ्चालन भएको देखेपछि उहाँले आफ्ना विगतका दुःख सम्झँदै घर किन्न आफूले श्रीमान् लोकराज भण्डारीलाई सल्लाह दिएको बताउनुहुन्छ ।

    उहाँ बिहान एक घण्टा र साँझ एक घण्टा खाना पकाउन र दिउँसोको समयमा पनि चिया पकाउन बायोग्यास नै प्रयोग गर्नुहुन्छ । उहाँको घरमा एलपी ग्यास नभएको पनि होइन । “सकभर म बायोग्यास नै बाल्छु, कुनै कुनै दिन नपुगेमा भने एलपी ग्यास बाल्ने गरेको छु । एक सिलिन्डर ग्यासले चार महिना सजिलै पुग्ने गर्दछ”, उहाँ भन्नुहुन्छ, “छिमेकीको घरमा एक सिलिन्डरले एक महिना पु¥याउन धौधौ हुने गरेको भन्छन् । यस हिसाबले त मलाई बायोग्यासबाट महिनामै रु एक हजार पाँच सय त बचत भएको छ । बायोग्यास निःशुल्क पाउने हुँदा एलपी ग्यास बाल्दा पैसा सकिएजस्तो लाग्छ ।” चिसो मौसममा भने केही कम बायोग्यास प्लान्टबाट ग्यास आउने गरेको उहाँको अनुभव छ ।

    घरमा पालेको एउटा भैँसीको गोबर, शौचालय, भाडामा सञ्चालन गर्न दिएको चियापसल र भान्छाको जैविक फोहर डाइजेस्टरमा कुहिएर निस्कने ग्यास नै उहाँको भान्छामा खाना पकाउने ऊर्जाको मुख्य स्रोत बनेको छ । खेती किसानमै निर्भर उहाँको परिवारलाई बायोग्यासले करिब करिब धान्ने गरेको उहाँ भन्नुहुन्छ । भैँसीलाई कुँडो पकाउन भने उहाँले दाउराकै प्रयोग गर्नुहुन्छ ।

    छजनाको उहाँको परिवारको मुख्य आयस्रोत भनेको खेतीपाती नै हो । बायोग्यास प्लान्टबाट निस्केको स्लरीलाई घरनजिकैको बारीमा लगाउँदा तरकारी खेती राम्रो भएको उहाँ बताउनुहुन्छ । घरबारीमा बायोग्यासको स्लरी राख्न थालेपछि आफ्नो बारीको तरकारीले पुगेपछि बजारबाट किनेर ल्याउनुपर्ने समस्या पनि परेको छैन । आफ्नै बारीको अग्र्यानिक तरकारी खान पाएका छौँ, यसले पैसाको बचतसँगै विषादी राखेको तरकारी खानुपर्ने बाध्यता पनि नरहेको बुहारी अस्मिता आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भान्छामा काम गर्न पनि सजिलो हुँदा घरमा ससुरा, श्रीमान्ले पनि खाना पकाउन सहयोग गर्नुहुन्छ । भान्छाको काम महिलाले नै गर्नुपर्छ भन्ने सोच हाम्रो घरमा छैन, जसलाई फुर्सद हुन्छ उसैले गरिन्छ ।”

    पोखरा महानगरपालिका–१३ विपीमार्ग कुँडारका रुद्रमान श्रेष्ठको परिवारलाई पनि बजारमा एलपी ग्यासको अभाव हुँदा पनि कुनै चिन्ता हुँदैन । २९ वर्षअघि २०५१ सालमा जडान गरेको आठ घनमिटरको बायोग्यास प्लान्टले उहाँको भान्छामा बिहान एक घण्टा, बेलुका एक घण्टा सजिलैसँग खाना पकाउन पुग्ने गरेको छ । झन्डै १० वर्षअघि केही समय बिग्रेर ग्यास उत्पादन नभएपछि केही मर्मत गरी चलाउँदा अहिले निरन्तर ग्यास आइरहेको उहाँ बताउनुहुन्छ । छिमेकका कतिपय घरमा सुरुमा बायोग्यास जडान गर ेपनि पछि एलपी ग्यास र बिजुलीको प्रयोग हुन थालेपछि प्लान्टलाई हटाएका थिए । समयसमयमा एलपी ग्यास नपाइने, महँगो हुने र बिजुलीमा खाना पकाउँदा पनि झ्याप्पझ्याप्प बत्ती जाँदा खाना बिग्रने हुँदा अहिले बायोग्यास प्लान्ट हटाएकामा पछुतो मान्ने गरेको उहाँको भनाइ छ ।

    झन्डै ३० वर्ष शिक्षण पेसा गरी निवृत्त हुनुभएका रुद्रमानको परिवारमा पाँचजना हुनुहुन्छ । उहाँले १५ वर्षदेखि नै वस्तुभाउ पाल्न छाडिसक्नुभएको छ । उहाँले दुई परिवारलाई चार कोठा भाडामा पनि दिनुभएको छ । तीन परिवारले प्रयोग गर्ने शौचालय र भान्छाको जैविक फोहरबाट निस्कने ग्यासले नै उहाँलाई करिब पुग्ने गरेको छ । चिसोको समयमा र घरमा धेरै जना पाहुना आउँदा बायोग्यासले नपुगेको अवस्थामा मात्रै आफूले एलपी ग्यासको चुलो प्रयोग गर्ने गरेको उहाँकी श्रीमती सरला बताउनुहुन्छ ।

    गोबरग्यास तथा कृषियन्त्र प्रालिमा मेसिनका रुपमा आफूले ३० वर्षअघि जडान गरेका प्लान्टहरु राम्ररी चलेको देख्दा अर्जुन गुरुङलाई निकै सन्तुष्टि मिल्छ । नियमित सञ्चालन र समयसमयमा मर्मतसम्भार गर्न सकेमा तिसौँ वर्षसम्म पनि बायोग्यास प्लान्ट चलेका यस्ता थुप्रै उदाहरण रहेको उहाँको भनाइ छ । त्यतिबेला गाउँमा विद्युत्को पहुँच नहुँदा र सौर्य घरेलु प्रणालीको प्रयोग नभएका बेला बायोग्यासबाट खाना पकाउने र बत्ती बाल्नका लागि उपभोक्ताको माग पूरा गर्न धौधौ हुन्थ्यो । अहिले ग्रामीण बस्तीमा समेत सडक र विद्युत् लाइन विस्तार भएसँगै एलपी ग्यास र बिजुलीमा खाना पकाउने सुविधा भएपछि बायोग्यासको प्रयोग कम भएको छ । घट्दो गाईवस्तु पाल्ने क्रम र बढ्दो बसाइँसराइले पनि भएका बायोग्यास प्लान्ट प्रयोगमा नआएर मिल्किएको देख्दा भने उहाँ निकै चिन्तित बन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरकै जैविक फोहरबाट उत्पादन गर्न सकिने बायोग्यासलाई छाडेर आयातित एलपी ग्यासको प्रयोगले आर्थिक नोक्सानी मात्रै भएको छैन, कृषि तथा पशुपालन घट्न गई खाद्यान्न तथा अन्य वस्तुको आयात बढ्न जाँदा देशको आर्थिक अवस्था नै धराशयी बन्दै गएको छ ।”

    बायोग्यास प्रविधिको विकासका क्षेत्रमा नेपालले आधा शतकभन्दा बढी समय व्यतित गरिसकेको छ । बायोग्यास प्रविधिको प्रवद्र्धन २०३० सालदेखि नेपाल सरकारले सुरु गरे पनि व्यवस्थित रुपमा बायोग्यास सहयोग कार्यक्रम नेदरल्यान्ड सरकारको सहयोगमा निदरल्यान्डस् विकास नियोग (एसएनभी नेपाल) ले २०४९ सालदेखि सुरु गरेको हो । विएसपी नेपाल सञ्चालन हुनु अघिसम्म नेपालमा जम्मा ११ हजार बायोग्यास प्लान्ट निर्माण भएका थिए । एसएनभीमार्फत नेदरल्यान्डस् सरकारले बायोग्यास सहयोग कार्यक्रमको थालनी गरेसँगै व्यवस्थित रुपले मुलुकभर बायोग्यास प्रणालीको विकास र विस्तार हुन थालेको विएसपी नेपालको कार्यकारी निर्देशक प्रकाश लामिछाने बताउनुहुन्छ । हालसम्म जडान भएका करीब पाँच लाख बायोग्यास प्लान्टमध्ये एसएनभीको सहयोग अवधि (सन् १९९१–२०१०) मा दुई लाख ३१ हजार प्लान्ट निर्माण भएका थिए । उहाँका अनुसार पोखरामा उतिबेला जडान भएका प्लान्टहरु पनि एसएनभीको सहयोगमा बनेका थिए ।

    एसएनभीको बायोग्यास बजार विकासको अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार सरोज राईले दाताहरुको आर्थिक सहयोग भएमा मझौला र ठूला बायोग्यास प्रविधिमा थप सहयोग जरुरत भएको अवस्थामा एलएनभी पुनः सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । उहाँका अनुसार डिसेम्बर २०२२ सम्म एसएनभीले विश्वका २७ वटा देशमा त्यहाँका सरकार, साझेदार संस्थाहरु र निजी क्षेत्रसँग मिलेर १० लाखभन्दा बढी बायोग्यास जडान गरिसकेको छ ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल राष्ट्रिय निर्धारित योगदानमा घरायसी र ठूला प्रविधिका बायोग्यास प्रविधिको प्रवद्र्धनमा जोड दिएको उल्लेख गर्दै अझै केही वर्षसम्म सबै घरमा एकैचोटि विद्युत्मा खाना पकाउने अवस्था सुनिश्चित गर्न नसकिने भएकाले बायोग्यास र सुधारिएको चुलोजस्ता प्रविधिमा जानुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । नेपाल बायोग्यास प्रवद्र्धन समूहका अध्यक्ष प्रकाशचन्द्र सुवेदी नेपालमा अझै पाँच लाख घरायसी बायोग्यास प्लान्ट जडान गर्न सकिने सम्भावना रहेकाले राज्यले किसानलाई सहुलियत र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुहुन्छ । नेपालमा बायोग्यासबाट कार्बन व्यापार सुरु भएको उल्लेख गर्दै उहाँ बायोग्यास हरित ऊर्जाको स्रोत भएकाले जलवायु परिवर्तनको समस्या न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्नमा पनि यस प्रविधिको विकास र विस्तार गर्नुपर्ने खाँचो औँल्याउनुहुन्छ ।

     

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.