• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

‘नारायणगोपालका तीन सपना’ पूरा गरिँदै


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौँ १५ मङ्सिर 

    Advertisement

    महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ ।

    नेपाली गीतसङ्गीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । नेपाली गीतसङ्गीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’ को छवि बनाउनुभएका ‘स्वरसम्राट्’का स्मृतिमा ‘नारायणगोपाल सङ्गीत कोष’ ले उहाँको निवासलाई नै सङ्ग्रहालयको रूप दिने तयारी थालेको छ । अझ ‘पेमु’ सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगङ्गा भवन’ पनि बनाएर उहाँको सपनालाई मूर्तरूप दिइँदै छ ।

    काठमाडौँ किलागलबाट हालको कामपा-३, भाटभटेनीमा क्षेत्रमा बसाइँ सर्नुभएका नारायणगोपाल (विसं १९९६-२०४७) को निवासलाई सबैथरीका मानिसको गन्तव्य बनाउने उद्देश्यले कोषले एक महिनादेखि काम अगाडि बढाउँदै छ । तर यस मङ्सिरमा त्यो सम्पन्न हुने छैन, करिब सात महिनापछि मात्र पुनःनिर्माण र सङ्ग्रहालयको प्रारम्भिक काम सकिने छ । त्यो कोमल, आनन्दायक र अमूल्य ‘मखमली आवाजका धनी’ को जन्म महिना र गते असोज १८ लाई नभई देहावसान महिना र गते मङ्सिर १९ का दिनलाई नै कोष र गीतसङ्गीतकर्मीले पवित्र दिन मान्दै समारोह आयोजना गर्दै आएका छन् । कोषले हरेक वर्ष गीतसङ्गीतका दुई स्रष्टालाई सम्मान गर्दै आएको छ र हालसम्म ४० जना सम्मानित भइसक्नुभएको छ । कोषका संरक्षक तथा अध्यक्ष पेमला (निधन विसं २०६१)ले पतिसँगको बिछोड वर्षमै आफ्ना निवास र भौतिक सामग्री कोषअन्तर्गत सङ्ग्रहालय निर्माणार्थ सबै कोषलाई समर्पण गरिसक्नुभएको थियो ।

    गीतसङ्गीतका क्यासेट भने म्युजिक नेपाललाई हस्तान्तरण गरिएको थियो । यसअघि नै कामपा–३ का वडाध्यक्ष दीपक केसीको पहलमा विसं २०५४ मा भूगर्भ तथा खानी विभाग, लैनचौरदेखि महाराजगञ्ज चक्रपथचोकसम्म करिब साढे दुई किमी सडकलाई ‘नारायणगोपाल मार्ग’ नामकरण भइसकेको छ भने विसं २०५५ मा महाराजगञ्ज चोकमा उहाँको साालिक ठडिइसकेको छ ।

    कोषका वर्तमान महासचिव केसी नारायणगोपालसँग सम्बद्ध गीतसङ्गीतका सामग्रीदेखि उनले प्रयोग गरेका सबै घरेलु वस्तु सङ्ग्रहालयमा राखिने बताउनुहुन्छ । त्यसो त नारायणगोपाल–पेमला निवास÷सङ्ग्रहालयभित्रको पश्चिमोत्तर १७/१४ फिटको कक्षमा अहिले नै उहाँले प्रयोग गरेका तबला, हार्माेनियम, मादललगायत सङ्गीत उपकरण, त्रिइनवन सिडी-क्यासेट-रेडियो, सम्मान- प्रशंसापत्र-पुरस्कार प्रमाणपत्र, पदक, मायाको चिनो, आफू, पत्नी, राजा वीरेन्द्र र साथीभाइसँगको तस्बिर, रेडियो सजिसजाउ गरी राखिएका छन् । उहाँकै पालाका सोफा, कुर्सी र टी टेबल पनि त्यहीँ सुरक्षित छन् । “‘मखमली आवाज’का धनीलाई सम्मान गर्न सङ्ग्रहालयका भित्ताहरू रातो मखमलले नै सजाइने छ”, कामपा-३ का पूर्ववडाध्यक्ष केसीले भन्नुभयो ।

    भाटभटेनी मन्दिरबाट एक सय मिटर र नारायणगोपाल सालिकबाट दुई सय ५० मिटर दूरीको पूर्वाेत्तर साढे दुई तलाको सङ्ग्रहालयमा नारायणगोपाल–पेमला दम्पतीका शय्या, दराज, वस्त्र, फ्रिज, स्टोभ, किरोसिन लाइट, तस्बिर आदि निवासमै यत्रतत्र छन् । जुन एकत्रित गर्ने काम भइरहेको छ र अन्य वस्तु पनि सङ्कलन हुँदै छ ।

    “त्यतिबेलाको कलर सोनी टेलिभिजन पनि त्यहीँ छ, बाथरुममा त्यो बेला नै राखिएको सावर पनि छ, जुन त्यतिबेला हत्तपत्त कसैले राख्दैनथ्यो”, सङ्ग्रहालय निर्माणमा जुट्नुभएका कोषका सङ्गीत निर्देशक राजकुमार श्रेष्ठले भन्नुभयो । निवासका अन्य कोठाहरू स–साना नै छन् । बाथरुम भने सापेक्षिक रूपमा अलि ठूलै छ । डाइनिङ रुमसहितको भान्छा कोठा पनि चिटिक्क परेको छ । जहाँ नारायणगोपाल आफैँ खाना पकाउने मेलोमेसोमा ज्यादाजसो अघि सर्नुहुन्थ्यो । भर्‍याङ भने निकै साँघुरो र परम्परागत नै छ । कतिपय सामान काम गर्नेले लगे, कति अरूहरूले, केही पत्तै छैन ।

    सङ्ग्रहालयको तल्लो वा भुइँतलाको एक कोठा भने हाल भ्वायलिन सिक्न चाहनेका लागि प्रयोग गरिँदै छ । “विसं २०५२ देखि दैनिक चार-पाँच जनालाई गरेर हालसम्म दुई/तीन सय विद्यार्थीलाई मैले तालिम दिइसकेँ, त्यो पनि सक्नेलाई शुल्क, नसक्नेलाई निःशुल्क”, सङ्गीत निर्देशक श्रेष्ठले भन्नुभयो । आधुनिक सङ्गीतलाई पूर्णता दिन भ्वायलिन आवश्यक पर्छ । भ्यायलिन विश्वको सबभन्दा लोकप्रिय बाजा हो । जसको प्रयोग पाश्चात्य सङ्गीतदेखि लिएर हरेक प्रकारका सङ्गीतमा गरिन्छ । सारङ्गी, सितार जस्ता अन्य तारयुक्त बाजामा ‘बेला’ सबभन्दा छोटो भए पनि यसको तार भने लामो हुन्छ ।

    केसीका अनुसार नारायणगोपालका तीन सपना थिए, भ्वाइलिन ट्रेनिङ, गीतगङ्गा भवन तथा आफ्नो सालिक र आफ्नो नामको मार्ग । पछिल्लो सपना भने साथीभाइ–गीतसङ्गीतकर्मीमाझ स्वरसम्राट्ले ठट्टै ठट्टामा भन्ने गरेको भनी रणजित गजमेरले यसरी सुनाउनुभएको रहेछ, “हामी मरेपछि हाम्रा नाममा मूर्ति र सडक बन्ने हुन् कि होइनन् ?”

    गीति शब्द तौलेर मात्र गाउने यी गायकले लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, हरिभक्त कटुवाल, भूपी शेरचन, ईश्वरबल्लभ, धर्मराज थापा, चेतन कार्की, लक्ष्मण लोहनी, प्रदीप रिमाल, तुल्सी घिमिरे, नगेन्द्र थापा, किरण खरेल, राममान तृषित, गोपाल योञ्जन, भीम विराग, क्षेत्रप्रताप अधिकारी, दिव्य खालिङ, विश्वम्भर प्याकुर्‍याल, कालीप्रसाद रिजाल, रत्नशम्शेर थापा, भैरवनाथ रिमाल, कञ्चन पुडासैनी, नीर शाह, दिनेश अधिकारीलगायत नाम चलेका कवि । गीतकारका गीत मात्र गाए, सङ्गीत दिए जुन गीतिमययुक्त, सुसंस्कृत र अतिसूक्ष्म स्वरकम्पपूर्ण हुन्थे, छन् । तत्कालीन रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको गीत त उहाँले जीवनको उत्तरार्धतिर मात्र गाउनुभयो ।

    जीवनमा आधुनिक, लोक, भजन र राष्ट्रिय गरी करिब चार सय गीत (नेपाली र नेपालभाषा) मा कर्णप्रिय सङ्गीत तथा स्वर दिनुभएका नारायणगोपालको निवास पुनःनिर्माणका लागि रु २० लाख र सङ्ग्रहालय निर्माणका लागि रु २० लाख लागत लाग्ने अनुमान गरिएको छ । यी काम चालु आव २०८०/८१ मै सकिने योजना छ । “यस कामका लागि हामी तीनै तहका सरकार, विभिन्न सङ्घसंस्था, व्यक्तिआदिका सहयोग लिन्छौँ । यो त राज्यकै दायित्व हो नि”, स्थानीय समाजसेवीसमेत रहनुभएका केसीले रासससँग भन्नुभयो । यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग पनि कुरा भइसकेको उहाँको भनाइ छ ।

    गीतगङ्गा भवन
    नारायणगोपालका सपनामध्येको गीतगङ्गा भवन निर्माण भइरहेको छ । सङ्गीत महाविद्यालयका रूपमा स्नातकसम्मको अध्ययनअध्यापन हुने गरी यसको सञ्चालन गरिने कोषको योजना छ । रु सात करोड लागत अनुमानको सो चारतले (भुइँतलासहित) भवनका सबै तलामा ढलान भइसकेका छन् । “हामी चालु आवमा नै कुनै विश्वविद्यालयसँग आबद्धता लिएर स्नातक तहको सङ्गीत कक्षा सुरु गराउने छौँ”, राजनीतिकर्मी केसीले भन्नुभयो ।

    सहिद, राजनीतिज्ञ/राजनीतिकर्मीका साथै भाषा, साहित्य, कला, गीतसङ्गीत, संस्कृति, चलचित्र, मनोरञ्जन, नाट्य आदि क्षेत्रमा योगदान दिने व्यक्तित्वका स्मृतिमा समाजमा स्मृति प्रतिष्ठान, सङ्घसंस्था, सालिक, सङ्ग्रहालय, भवन, शैक्षिक संस्था खोल्ने चलन बढिरहेका सन्दर्भमा स्रष्टा÷व्यक्तित्वका सपना साकार पार्न पनि पछिल्लो पुस्ता लाग्नुपर्नेमा समाजसेवी केसी र परिकल्पित नारायणगोपाल सङ्गीत महाविद्यालयका सङ्गीत निर्देशक श्रेष्ठ जोड दिनुहुन्छ ।

    गीतसङ्गीत क्षेत्रमा नेपालका ‘तारा’ देवीका नाममा पाँच वर्षअघि स्थापित प्रतिष्ठानका अध्यक्ष पनि रहनुभएका केसीले उहाँद्वारा गाइएका-सङ्गीत दिइएका गीतहरूको पनि सङ्कलन र ‘नोटिफिकेसन’को हुँदै गरेको जानकारी दिनुभयो । यसरी स्रष्टाहरूको सम्मानको कामलाई संस्थागत गर्नुपर्ने उदाहरण उहाँले दिनुभएको छ ।

    तारादेवीका सुपुत्र रवि श्रेष्ठ संरक्षक रहेको तारादेवी फाउन्डेसनका सदस्यमा मीरा राणा, ज्ञानु राणा, भुवन चन्दलगायत हुनुहुन्छ । उहाँका नाममा भने हरेक वर्ष माघ ९ गते समारोह आयोजना गरिन्छ । रासस

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.