• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

नवलपुरलाई चुरेबाट हटाउन जनप्रतिनिधिको माग


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • नवलपुर (नवलपरासी १५ मङ्सिर 

    Advertisement

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का स्थानीय जनप्रतिनिधिले जिल्लालाई ‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम’बाट हटाउन माग गरेका छन् । जिल्लालाई चुरे क्षेत्रमा समावेश गर्दा स्थानीय विकास निर्माण, विपद् व्यवस्थापन, आन्तरिक स्रोत वृद्धिलगायतका कार्यक्रममा अवरोध भएको जनाउँदै यहाँका पालिका प्रमुखहरूले जिल्लाबाट कार्यक्रम हटाउन माग गरेका हुन् ।

    आफ्नो पालिकामा महाभारत पर्वत शृङ्खला भए पनि जिल्लालाई चुरे क्षेत्रमा राखिएको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । उहाँले गैँडाकोटमा पर्ने पर्वतलाई चुरे क्षेत्रमा राखिएपछि यहाँको नदीजन्य पदार्थ उत्खननमा समस्या हुँदा विकास निर्माणलगायत धेरै काममा अवरोध पुगेको छ भन्नुभयो । गैँडाकोटलाई चुरेबाट हटाउन आफूहरूले कार्यपालिका बैठकबाट निर्णय गरेर मन्त्रिपरिषद्मा पठाउने तयारी गरिसकेको उहाँको भनाइ छ ।

    नवलपुरलाई चुरेमा राख्दा यहाँका खोलानालाबाट नदीजन्य पदार्थ झिकेर विकास निर्माण तथा विपद् व्यवस्थापनमा प्रयोग गर्न नपाएपछि आवश्यक सहजीकरणका लागि जिल्लाका पालिका प्रमुख, पालिकाका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधिले बिहीबार छलफल तथा अन्तक्र्रिया गर्दै जिल्लाका सबै पालिकाबाट चुरे कार्यक्रम हटाउनुपर्ने बताएका हुन् । कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालले नवलपुरका स्थानीय तहमा कहीँ पनि चुरे क्षेत्र नभएको बताउनुभयो ।

    “नवलपुरमा अहिले चुरे पहाड भनिएको क्षेत्र महाभारत पर्वत शृङ्खला हो”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ हटाउन नपाउँदा यहाँका खोलाको सतह बस्तीभन्दा उच्च भइसक्यो ।” चुरे नै नभएको जिल्लामा चुरे भनेर अवरोध गर्ने काममात्रै भएको उहाँको भनाइ छ । जिल्लाका सबै स्थानीय तहको मुख्य आन्तरिक स्रोतका रूपमा नदीजन्य पदार्थ रहेकाले चुरे क्षेत्रमा परेको भन्दै बिक्री वितरणमा रोक लगाउन नहुने नगरप्रमुख भुसालको भनाइ छ ।

    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जिल्लामा रहेको पहाडलाई चुरे तथा नारायणी नदीसँग जोडिएका निकुञ्ज छेउका पालिकालाई मध्यवर्तीमा राख्दा पालिकावासीको जीवनयापनमा समस्या भएको बताउनुभयो । “निकुञ्जसँग जोडिएका स्थानीय तहमा मध्यवर्ती क्षेत्रका कारण त्यहाँका मानिसको दैनिक जीवनयापनसँगै पालिकाबाट हुने विकास निर्माणको कामसमेत अवरोध हुने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “नवलपुरबाट चुरेसँगै मध्यवर्ती क्षेत्र पनि हटाउनुपर्छ ।” जिल्लामा मध्यवर्ती बन्नुभन्दा पहिले पालिकाभित्र बनेको भौतिक संरचना अहिले मध्यवर्ती भएपछि हटाउनुपरेको उहाँको भनाइ छ ।

    “हामी मध्यवर्ती क्षेत्रका बासिन्दालाई एउटा व्यवसाय दर्ता गर्न चितवन पुग्नुपर्छ, बाली नष्ट हुँदा पनि क्षतिपूर्ति पाउने अवस्था छैन । स्थानीय बासिन्दा सधैँ त्रासमा बस्न बाध्य छन्”, उहाँले भन्नुभयो । जिल्लामा मध्यवर्ती क्षेत्र स्थापना हुँदा निकुञ्जबाट स्थानीयलाई दिएको आश्वासन पूरा नभई अहिले अवरोधमात्र सिर्जना भएको उहाँले बताउनुभयो । आफ्नो पालिकाको एउटा वडाबाट अर्को वडामा जाने सडक नहुँदा लुम्बिनी प्रदेश भएर जानुपर्ने बाध्यता रहेको गिरीले बताउनुभयो ।

    “मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै दुम्कीबास–त्रिवेणी सडक निर्माण गर्न पनि निकुञ्ज नै बाधक बनेको छ”, उहाँले भन्नुभयो, “एउटै पालिकामा पर्ने दुम्कीबास–त्रिवेणी आवतजावत गर्नका लागि लुम्बिनी प्रदेशको बर्दघाट हुँदै जानुपर्ने अवस्था छ ।”

    गाउँपालिका महासङ्घका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहको सरकारको साझा अधिकार क्षेत्रभित्र रहेका अधिकार कार्यान्वयनमा सङ्घीय सरकार र प्रदेश सरकार उदासिन बनेको आरोप लगाउनुभयो । “सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान घटाउने र सशर्ततर्फको कार्यक्रम बढाउने कार्यले स्थानीय सरकारलाई कमजोर बनाउँछ”, उहाँले भन्नुभयो, “यस सम्बन्धमा पालिकाको अधिकार कटौती हुन नदिन गाउँपालिका महासङ्घ र नगरपालिका महासङ्घले आवश्यक छलफल गर्नुपर्छ ।” नवलपुरमा निर्माणाधीन दुम्कीबास–त्रिवेणी सडक, हुलाकी राजमार्ग र विस्तारका क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको काम तीव्रगतिमा अघि बढाउन स्थानीय जनप्रतिनिधिले माग गरेका छन् ।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.