• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • नवलपुर (नवलपरासी) १७ मङ्सिर

    Advertisement

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीयले मध्यवर्ती क्षेत्र खारेजी गर्न माग गर्न थालेपछि सङ्घीय सांसदको टोलीले जिल्लाका सरोकारवालासँग छलफल थालेको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल (पार्वती) नेतृत्वको टोलीले जिल्लामा छलफल गर्दै निकुञ्ज ऐन संशोधनका लागि सरकारलाई सुझाव दिने जनाएको छ ।

    सभापति रावलले सरकारले राष्ट्रिय निकुञ्ज ऐनलाई संशोधन नगरी नियमावलीमात्रै संशोधन गरेकाले यस क्षेत्रका जनताको रायसहित सरकारलाई ऐन संशोधनका लागि सुझाव दिइने बताउनुभयो । “पुराना ऐनलाई समयसापेक्ष, नयाँ व्यवस्था अनुकूल तथा सङ्घीयता अनुकूल बनाउन हामीहरूले जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “सरकारले ऐन संशोधनको विधेयक नल्याए समितिले निजी विधेयकका रूपमा भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधनको काम अगाडि बढाउँछ ।” मर्यादा सम्बन्धमा राष्ट्रियसभाले निजी विधेयक ल्याएको उल्लेख गर्दै सभापति रावलले मर्यादासहित राष्ट्रिय गान, सलामीको विषय समेटेपछि मात्रै सरकारले चासो देखाएको बताउनुभयो ।

    मुलुकमा जारी हुने कानुन अनुसन्धानमा आधारित हुनुपर्ने जनाउँदै उहाँले सङ्घीय सांसदले बनाएको तीन सय ४८ ऐन मुलुकमा जारी रहेको बताउनुभयो । “कति कानुन कार्यान्वयन गरे पनि हुने नगरे पनि हुने खालका भएका कारण कानुन दोहोरो परिरहेको छ”, उहाँले भन्नुभयो, “ऐनको विपरीत गएर नियमावली बन्ने यस्तो खालको अव्यवस्थित पद्धतिलाई व्यवस्थित गर्ने हिसाबले पनि राष्ट्रियसभाले राष्ट्रिय सरोकारका विषयमा जनताको राय बुझ्न लागेको हो ।” राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसम्बन्धी कानुन दोहोरो भएको जनाउँदै उहाँले त्यस्ता कानुनका विषयमा पनि राष्ट्रियसभाले चासो दिएर सरकारलाई ऐन संशोधन गर्न दबाब दिइने बताउनुभयो ।

    सङ्घीय सरकारले जारी गरेको ऐनको परीक्षण गर्नुपर्ने जनाउँदै उहाँले कानुन मुलुकको हितका लागि जनताको हितका लागि हुनुपर्नेमा जोड दिनुभयो । “कानुन सरल हुनुपर्छ, जनतालाई राहत कसरी दिन सकिन्छ भन्ने खालको हुनुपर्छ, अझ भन्दा कानुन कार्यान्वयनयोग्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पाँच वर्षमा राष्ट्रियसभाले झण्डै ८० प्रतिशत बढी कानुन नयाँ संशोधन गराएको छ ।” बनेका ऐनलाई कार्यान्वयन गराउने र कार्यान्वयन हुन नसकेका ऐनलाई संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

    नवलपुरको कावासोती–१५ स्थित अमलटारीमा राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले नवलपुरका स्थानीय तहका जनप्रतिनिधि, निकुञ्जका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, राजनीतिक दल, पर्यटन व्यवसायी, संरक्षणकर्मी, सामुदायिक वन समितिका प्रतिनिधिसँग छलफल तथा राय सुझाव सङ्कलन गरेको हो । छलफलमा सहभागी अधिकांशले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ का कारण नवलपुरको विकास निर्माणको गति रोकिनुका साथै यहाँका बासिन्दाको जनजीविकामा ठूलो समस्या उत्पन्न भएको बताए । राष्ट्रिय निकुञ्ज ऐन, २०२९ सहित मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली साथै विभेदकारी कानुनका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले दुःख भोग्दै आएका स्थानीयको गुनासो छ ।

    कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालले मध्यवर्ती क्षेत्रसँग जोडेर निर्माण गरिएका विभिन्न कानुनी अवरोधका कारण स्थानीयले मध्यवर्ती हटाउन आवाज उठाएका बताउनुभयो । निकुञ्ज ऐन र मध्यवर्ती क्षेत्रको नियमावलीलाई संशोधन गरेर संरक्षण र जनतामैत्री बनाउनुपर्ने कुरामा जोड दिँदै उहाँले क्षतिपूर्तिसम्बन्धी कानुन विभेदकारी भएको बताउनुभयो । नारायणी नदीले नवलपुरतर्फको जमिन कटान गर्दै धार परिवर्तन गर्दा निकुञ्जको सिमाना मानिएको नारायणी नदी नवलपुरतर्फ बग्न लागेपछि जनताको लालपुर्जा भएको जग्गामा पनि निकुञ्जले दाबी गर्दा धेरै जनताको उठिबास भए पनि जनताले राहत र क्षतिपूर्ति नपाएको उहाँले बताउनुभयो ।

    देवचुली नगरपालिका हरिप्रसाद न्यौपानेले स्थानीयको सहयोगले संरक्षण भएको निकुञ्ज र मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी समस्यामा परेकाले जनताले मध्यवर्ती क्षेत्र खारेजीको मुद्दा उठाएका बताउनुभयो । उहाँले भन्नुभयो “मध्यवर्ती क्षेत्रमा पर्ने नदीजन्य पदार्थ उत्खनन गर्न नपाउँदा बस्तीभन्दा खोला माथि आउन लागेका कारण मध्यवर्ती क्षेत्रप्रति वितृष्णा बढेको छ । नदीजन्य पदार्थको उत्खननको जिम्मा स्थानीय सरकारलाई दिन सकेमा मध्यवर्ती क्षेत्र र संरक्षणमा स्थानीय जागरुक हुनेछन् ।”

    गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले मध्यवर्तीका कारण जनताले दुःख पाएको र विकास निर्माणमा अवरोध आएका कारण गैँडाकोटलाई मध्यवर्ती क्षेत्रबाट हटाइदिन आग्रह गर्नुभयो । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले निकुञ्जको ऐन र नियमावली संशोधनका विषयमा पटक–पटक छलफल भएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधन भएर संरक्षणसँगै विकासमैत्री पनि आउने कुरामा आशावादी रहेको बताउनुभयो । नयाँ ऐन र नियमावली आउँदा नदीजन्य पदार्थको दोहोरो मापदण्ड हटाएर निकुञ्जको समन्वयमा जिम्मा स्थानीय तहलाई दिनुपर्ने तथा राजस्व बाँडफाँटको व्यवस्था ऐनमा नै हुनुपर्ने विषयमा उहाँले जोड दिनुभयो ।

    संरक्षणकर्मी एवं होमस्टे महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रेमशङ्कर मर्दनियाले स्थानीय जनता रक्षक बन्दा निकुञ्जले पटक–पटक शून्य चोरी सिकार वर्ष मनाउन सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“जनतालाई सँगै लिएर हिँड्न सकिएन भने अबको केही वर्षमा निकुञ्जको अस्तित्व नै सङ्कटमा पर्नेसक्छ ।” वन्यजन्तुलाई पर्यटनसँग जोड्न सकेमा पनि मध्यवर्तीप्रति स्थानीयको भरोसा बढ्दै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा भूमिका खेल्ने उहाँले बताउनुभयो ।

    छलफलमा सहभागीले मध्यवर्ती क्षेत्रका कारण स्थानीयस्तरमा पेसा व्यवसाय गर्न समस्या भएको, आफ्नै निजी जमिनमा लगाएको सुकेको रुख काट्न समस्या परेको, सडकसहित विकास निर्माणका काममा अवरोध सिर्जना भएको जनाउँदै समितिको ध्यानाकर्षण गराएका थिए ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.