काठमाडौँ १३ पुस
रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । इपिएस परीक्षाको लागि फारम भर्न नपाएकाहरू प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शन गरिरहेका युवाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडी नै जलाइदिएका छन् । उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । प्रदर्शनकारीले झण्डै दुई घण्टादेखि सडक अवरुद्ध पारिरहेका छन् ।




