चितवन २४ पुस
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गर्नुभएको हो । । श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत प्राप्त गरेका थिए ।
संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् । पन्त भने एक्लै निर्वाचनमा भाग लिनुभएको थियो । संघको नयाँ कार्यकालको लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।




