• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाल्मीकि आश्रम संरक्षणको पर्खाइमा


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • रुपन्देही १७ माघ 

    Advertisement

    बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको बाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट बागमती प्रदेशमा रहेको चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको बाल्मीकि नगर पुग्नुपर्ने बाध्यता रहेको छ ।

    गण्डक ब्यारेजको छेउ हुँदै बाल्मीकि नगरबाट केहीबेर हिँडेपछि बाल्मीकि रिजर्भ टाइगर रिसोर्ट आउँछ । पहिलो सोधपुछ त्यहीँ हुन्छ । त्यहाँ एक सय रुपैयाँ गाडी प्रवेश शुल्क तिरेपछि प्रवेश गर्न पाइन्छ । त्यहाँबाट भित्र छिरेर पाँच÷छ किलोमिटर जङ्गलको बाटो अगाडि बढेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पोस्ट आउँछ । एसएसबीको सोधपुछ पछि पाँच÷सात मिनेटको बाटो हिँडेपछि पञ्चभद्र (ताम्रभद्र) नदी आउँछ । उक्त नदी तरेपछि आउने अर्को नदी सोनभद्र (सोना) पनि तरेपछि मात्र नेपाल टेकिन्छ । सोनभद्र नदी तरेपछि बाल्मीकि आश्रम नेपालमा स्वागत गर्दछ भनेर लेखिएको बोर्ड भेटिन्छ ।

    बाल्मीकि आश्रम पुग्ने जोसुकैलाई पनि त्यहाँँको सुनसात स्थिति र अव्यवस्थाले आश्चर्यचकित तुल्याउँछ । यही माघ ८ गते भगवान् रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दिरको भव्य प्राणप्रतिष्ठा भयो । विश्वभरिका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र राममन्दिरको प्राणप्रतिष्ठाले विश्वभरि चर्चा पायो । भगवान् राम जन्मेको अयोध्यामा विश्वभरिका हिन्दूको ध्यान केन्द्रित हुँदा रामकै अर्धाङ्गिनी सीता बसेको तथा उहाँका छोराहरु लव र कुश हुर्किएको बाल्मीकि आश्रममा भने कुनै चहलपहल भएन ।

    रामायणको महत्वपूर्ण पाटोका रुपमा रहेको हाल नेपालमा पर्ने बाल्मीकि आश्रम संरक्षणको पर्खाइमा रहेको छ । चितवन जिल्लाको माडी नगरपालिका–१ मा पर्ने यस आश्रमबारे धेरै नेपाली नै अनभिज्ञ रहेका छन् । नेपालमै रहेको बाल्मीकि आश्रम पुग्नलाई भारत हुँदै जानुपर्ने बाध्यता अहिले पनि रहेको छ ।

    महर्षि बाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रोपटक वनबास जाँदा यहाँ पुगेको तथा लब र कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि बाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाणहरु यत्रतत्र छरिएर रहेका छन् तर त्यसको संरक्षणको प्रयास भएको देखिँदैन । बाल्मीकि आश्रमलाई भारतीयले ठूलो तीर्थस्थलको रुपमा मान्ने गरेका छन् ।

    नेपालमा रहेको बाल्मीकि आश्रममा ठूलो सङ्ख्यामा भारतीयहरु आउँदा नेपालीहरु भने नगण्य रुपमा पुग्ने गरेका छन् । “यहाँ आउने ९९ प्रतिशत श्रद्धालु भारतीय रहने गर्दछन् भने फाटफुट रुपमा नेपाली पुग्ने गरेका छन्”, स्थानीय रामशरणले भन्नुभयो, “यसको प्रमुख कारण भारत हुँदै आश्रम जानुपर्ने बाध्यता नै मुख्य हो ।”

    हालै मात्र त्रिवेणीधाममा बाल्मीकि आश्रमलाई लक्षित गरी झोलुङ्गे पुलको निर्माण भएको छ तर बाटो नै नभएको ठाउँमा निर्माण भएको पुल सदुपयोग हुने कि नहुने भन्नेमा नै अन्यौल रहेको छ । राम बनवास बसेर अयोध्या आएपछि माता सीतालाई पुनः दोस्रो पटक बनवास पठाइएको स्थान हो बाल्मीकि आश्रम । आश्रममा रहनुभएका पुजारी शेखर सुवेदीका अनुसार आश्रम वरिपरि त्रेतायुगकालीन विभिन्न अवशेषहरु देख्न सकिन्छ । सीता माताको सिलौटो, उहाँले कन्दमूल खाने स्थान, अमृत कुवा, लब–कुश जन्मिएको स्थान, उनीहरुले पढेको स्थान, विश्वमित्रले देहत्याग गरेको स्थान, लब–कुशले अश्वमेध यज्ञको घोडा बाँधेको स्थानदेखि माता सीता पाताल गएको स्थानहरु यहाँ रहेका छन् ।

    जङ्गलमा यत्रतत्र छरिएर रहेका यी महत्वपूर्ण ऐतिहासिक सम्पदाको भने संरक्षणको अभाव देखिएको छ । आश्रममा आउने श्रद्धालुको प्रत्यक्ष पहुँचमा रहेका यी सम्पदाहरु कुनै पनि बेला नासिएर जाने खतरा रहेको छ । आश्रमका पुजारी सुवेदीका अनुसार तत्कालीन राजा महेन्द्रले बाल्मीकि आश्रमका लागि १२ बिगाहा जमिन छुट्याउनु भएको थियो । तर हाल वन क्षेत्रमा रहेको भन्दै त्यहाँ आश्रमले कुनै पनि काम गर्न पाएको छैन ।

    आश्रमको वरिपरि तीनवटा पुरानो घर, सशस्त्र प्रहरीको बिओपी रहेको छ । बाल्मीकि आश्रममा दुईवटा नयाँ मन्दिर बनाइएको छभने एउटा पुरानो मन्दिर रहेको छ । त्यहाँ फूल प्रसाद बेच्ने मान्छे मात्र देखिन्छन् ।

    बाल्मीकि आश्रममा भौतिक पूर्वाधार र सञ्चार सुविधा राम्रो छैन । यस ऐतिहासिक ठाउँको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन । विद्युत् लाइन विस्तार नहुँदा सोलारबाट केही उज्याले भने देख्न सकिन्छ । आश्रममा भएको सशस्त्र प्रहरीलाई मोबाइल चार्ज गर्न पनि अन्यत्र जानुपर्छ भने सञ्चार सेटले पनि काम गर्दैन । विद्यालय, स्वास्थ्य चौकीदेखि प्राथमिक आवश्यकतामा पर्ने शौचालयहरुको समेत अभाव रहेको छ । खानेपानी तथा बाटोको समस्या पनि त्यस्तै रहेको छ ।

    नेपालतर्फ बाटो खुलेको भए बाल्मीकि आश्रम जान पैसा तिरेर दुःख झेलेर भारतीय भूमि प्रयोग गर्नु नपर्ने आश्रमका पुजारी सुवेदी बताउनुहुन्छ । गजेन्द्र मोक्ष धाम क्षेत्रबाट बाटो खोल्न सके तीन किलोमिटर दूरीमै नेपालतर्फबाट बाल्मीकि आश्रम पुग्न सक्ने उहाँको भनाइ छ । “भारतीय पर्यटकको लर्को लाग्ने बाल्मीकि आश्रममा नेपाल सरकारले भने बेवास्ता गरेको छ, भारत हुँदै आउँदा नेपालीले अनेक समस्या झेल्नुपर्छ ।”

    गजेन्द्रमोक्ष क्षेत्रमा बनेको लब कुश झोलुङ्गे पुलबाट बाल्मीकि आश्रम जाने बाटो नबनाइएकाले उक्त झोलुङ्गे पुल फोटो खिच्न मात्र प्रयोग भएको उहाँको भनाइ छ । “गजेन्द्रमोक्ष धामबाट कि त पक्की पुल बनाएर बाल्मीकि आश्रम जाने मोटर बाटो बनाउनु प¥यो कि त झोलुङ्गे पुल हुँदै आश्रमसम्म पुग्ने पैदल मार्ग बनाउनु प¥यो अनि मात्र बाल्मीकि आश्रम जानका लागि नेपालीलाई सहज पहुँच हुने देखिन्छ” सुवेदीले सुझाव दिनुभयो

    पश्चिम नवलपरासीबाट पूर्व सांसद रहनुभएका देवेन्द्रराज कँडेलले बाल्मीकि आश्रममा धेरै नेताहरुले आश्वासन दिए पनि व्यवहारमा लागू हुन नसकेको गुनासो गर्नुभयो । उहाँले रामायण सर्किटको विकास गरी त्यसमा बाल्मीकि आश्रमलाई पनि समेटनुपर्ने धारणा राख्नुभयो । यसका लागि सरकारले कूटनैतिक तवरले पहल गर्नुपर्ने उहाँको भनाइ छ । “रामको जन्मस्थल अयोध्या आउने पर्यटकहरुलाई लब–कुशको जन्मस्थल र माता सीता पाताल गएको स्थानबारे पनि जानकारी हुनु आवश्यक छ”, कँडेलले भन्नभयो, “तर हामीले यसलाई संरक्षणको अभावमा पहिचान दिलाउन सकेका छैनौँ ।”

    बाल्मीकि आश्रमसम्म आउने झोलुङ्गे पुल तयार भए पनि चितवन राष्ट्रिय निकुञ्जको कारण यसको सदुपयोग हुन नसकेको उहाँले बताउनुभयो । पर्यटकको प्रचुर सम्भावना रहेको बाल्मीकि आश्रममा सबैको सहकार्यले रामायण परिपथ ९सर्किट०कै रुपमा अगाडि बढाउनु पर्ने उहाँ बताउनुहुन्छ ।

    भारतमा राम मन्दिरको प्राणप्रतिष्ठासँगै नेपालमा रहेको बाल्मीकि आश्रमबारे नेपालीको चासो बढेको छ । भैरहवाबाट बाल्मीकि आश्रम पुग्नुभएका सिद्धार्थ अग्रवालले बाल्मीकि आश्रमको अवस्था दयनीय रहेको बताउनुहुन्छ । “अयोध्यामा भएको राम मन्दिरको प्राणप्रतिष्ठापछि बाल्मीकि आश्रम हेर्ने इच्छा थियो तर यहाँ आउँदा धेरै दुःख पाएँ”, उहाँले भन्नुभयो “नेपालतर्फ निकुञ्जले बाटो दिएको छैन रे, विकाससँगै संरक्षण नै नपाएर महत्वपूर्ण सामग्रीहरु लोप हुने, हराउने अवस्था रहेको छ ।”

    रामायण परिपथको कुराहरु उठिरहेको र जनकपुरसम्म रेल नै पुगेको अवस्थामा बाल्मीकि आश्रम साइकलमा समेत पुग्न सक्ने अवस्था नरहेको भन्दै उहाँले दुः ख व्यक्त गर्नुभयो । नेपालका सम्बन्धित निकायहरुले यहा ध्यान दिन अग्रवालले आग्रह गर्नुभयो । ऐतिहासिक बाल्मीकि आश्रम संरक्षणको पर्खाइमा छ, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र वन मन्त्रालयले तत्काल कदम चालेर संसारकै प्रसिद्ध ठाउँ बाल्मीकि आश्रमलाई प्रवद्र्धन गर्न जरुरी रहेको सरोकारवालाहरुको सुझाव रहेको छ । रासस

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.