• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

शैक्षिक सुधार गर्दै गलकोट नगर


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) १८ माघ 

    Advertisement

    आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर स्थानीय सरकार गठनपश्चात् अहिले भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ । हटिया बजारदेखि गाउँगाउँका विद्यालय पक्की बनेका छन् । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ । नगरपालिका ‘बालमैत्री नगर’ घोषणासमेत भइसकेको छ ।

    शैक्षिक गुणस्तर बढाउनका लागि नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजनसमेत गरिरहेको छ । ६२ सामुदायिक विद्यालय सञ्चालनमा रहेको गलकोटमा १३ माध्यमिक र ५१ आधारभूत तहका विद्यालय छन् । सबै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गएको छ । पहिले जीर्ण भवनमा पठनपाठन गर्दै आएकामा अहिले सबैभन्दा दुर्गमका वडामा पनि पक्की भवन बनेर शैक्षिक क्रियाकलाप भइरहेका छन् । शिक्षाको गुणस्तर बढाउनका लागि कक्षा ५, ८ र १० को अर्धवार्षिक तथा वार्षिक परीक्षा नगरपालिकास्तरीय सञ्चालन गर्दै आएको छ ।

    विद्यालय भवनको अभावमा लामो समयदेखि समस्या भोग्दै आएकामा पछिल्लो दुई वर्षयता भौतिक संरचनाले पूर्णता पाएपछि पठनपाठन प्रभावकारी बन्दै गएको नवयुवक आधारभूत विद्यालय गलकोट नगरपालिका–२ ठानाका प्रधानाध्यापक विष्णुप्रसाद गैरेले बताउनुभयो ।

    भौतिक विद्यालयमा कुर्ची अभाव हुँदा बालबालिका भुइँमै बसेर पढ्दा बिरामी हुने गरेको भन्दै अहिले कुनै पनि विद्यार्थी खुला चौर र धुलो भुइँमा बस्नु नपर्ने उहाँको भनाइ छ । विद्यालय भवन व्यवस्थित भएपछि विद्यार्थीको आकर्षिण बढेको र नतिजा पनि बर्सेनि सुुधार हुँदै गएको उहाँले जानकारी दिनुभयो ।
    “गलकोट नगरपालिकाले गाउँका विद्यालयलाई प्राथमिकतामा राखेर काम गरेको छ, पहिले यहाँको विद्यालयको अवस्था दयनीय थियो, कच्ची भवनमा विद्यार्थी फोहरमैलो र धुलोमा बसेर पढ्थे, स्वच्छ खानेपानी, शौचालय र शैक्षिक सामग्रीको अभाव हुन्थ्यो”, प्रअगैरेले भन्नुभयो, “अहिले भौतिक संरचनाले पूर्णता भएको छ, शैक्षिक गुणस्तर बढाउनका लागि लागि रहेका छौँ, समग्रमा विगतको तुलनामा अहिले गुणस्तर बढेको पाएका छौँ, समयसमयमा शिक्षकलाई प्रविधिसँग जोड्नका लागि अपडेट हुने खालका तालिमहरु पाइराखेको छ ।”

    गलकोट –४ चमुवास्थित चमुवा आधारभूत नगरपालिकामा उत्कृष्ट विद्यालय मानिन्छन् । विंसं २०७६ यता विद्यालय भवन पूर्णरुपमा निर्माण भएपछि शैक्षिक गुणस्तर बढेको प्रधानाध्यापक नवीन सुवेदीले बताउनुभयो । चार वर्ष अगाडि अव्यवस्थित विद्यालय भवनका कारण गुणस्तर बढाउन नसकिएको भन्दै अहिले पालिकामै राम्रो नजिता ल्याउन सकिएको उहाँको भनाइ छ । नगरपालिकासँगै समुदायले पनि विद्यालय सुधारका लागि ठूलो भूमिका खेलेको प्रधानाध्यापक सुवेदी बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “अहिले विद्यालयमा डिजिटल बोर्डमार्फत पठनपाठन हुन्छ, पहिले एउटा ब्लाकबोर्ड पनि गतिलो थिएन, तर अहिले विद्यालयका भवनमात्रै होइन, यहाँको समग्र पक्षमा उल्लेख्य सुधार भएको छ, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापन भएको छ, विद्यार्थी खुसी भएर पढ्न रुचाउँछन् भने घरमाभन्दा विद्यालयमै बढी बस्ने चाहना देखाउँछन् ।”

    नगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन तथा तह मिलान गरी पठनपाठनलाई थप प्रभावकारी बनाउँदै गएको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि विसं २०७९ बनाएर हालसम्म यहाँ १२ विद्यालय समायोजन गरिसकेको छ । पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएपछि नगरपालिकाले विसं २०७५ देखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो । विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई पालिकाले यातायातको व्यवस्था गर्दै आएको छ ।

    नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा १५ जना, १–५ मा २५, ६–८ मा २१, ९–१० मा २५ र ११–१२ मा २५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएको छ । विद्यालयको भौतिक संरचनामा धेरै सुधार आएको हुँदा अब नगरपालिका गुणस्तरीय शिक्षालाई जोड दिन थालेको नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले बताउनुभयो । हरेक वर्ष उच्च जिपिए ल्याउने विद्यार्थी करिब २० प्रतिशतले बढेको उहाँको भनाइ छ ।

    विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलाप गराउने र प्रतिभासमेत पहिचान गरी प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयको नगरस्तरीय विषय विज्ञ गठन गरेका गरेको र यसले शिक्षण सिकाइ क्रियाकलापमा आएका अप्ठ्यारालाई समाधान गर्ने सम्बन्धित विषयका शिक्षकसँग छलफल गर्ने उहाँ बताउनुहुन्छ ।

    गलकोटले हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सोहीअनुसारका कार्यक्रम गर्दै आएको प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । पहिलो कार्यकालमा भौतिक संरचना सुधारमा लागेको जनाउँदै अहिलेको मुख्य उद्देश्य गुणस्तर बढाउनुभएको उहाँको भनाइ छ । सामुदायिक विद्यालयमा नगरपालिकाले ठूलो लगानी गरेर सुधार गरेपछि निजी विद्यालयमा विद्यार्थी कम जाने गरेको भण्डारी बताउनुहुन्छ । शिक्षकलाई आफ्नो पेसाप्रति जिम्मेवार बनाउनका लागि समयसमयमा तालिम दिने र प्रोत्होसानसमेत गर्दै आएको उहाँको भनाइ छ ।

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.