• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • भरतपुर २१ माघ

    Advertisement

    चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो ।

    विभागका प्रमुख पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी थापाका अनुसार गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माण गरिएको छ । निर्माण कम्पनीले काम सम्पन्न गरेको भए पनि केही त्रुटि भेटिएपछि सुधारका लागि केही समय दिइएको उहाँले जानकारी दिनुभयो । यही माघभित्र पुनःनिर्माणको सबै काम सकिने उहाँले बताउनुभयो ।

    “पहिला गढीको जस्तो स्वरुप थियो, त्यस्तै पुनःनिर्माण गरेका छौँ”, थापाले भन्नुभयो, “सुख्खा पर्खालमा चुन र इँटाको धुलो प्रयोग गरिएको छ ।” उहाँले ठूलो गढीसँगै सानो गढी र पञ्चकन्य मन्दिर रहेको भन्दै त्यसको पुनःनिर्माणका लागि बजेट प्रस्ताव गरिएको बताउनुभयो । उहाँले सो क्षेत्रमा तीन वटा गुफा रहेको भन्दै त्यस क्षेत्रको बृहत् अध्ययन आवश्यक रहेको बताउनुभयो ।

    चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी राप्ती नगरपालिका–१३ मा पर्छ । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम गरिएको छ । त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिएको उहाँले बताउनुभयो ।

    “गढीमा भग्नावशेष संरचना पुरानै आकारमा छन्, त्यसलाई जुन वस्तुशैलीमा छन् त्यस्तै बनाएका छौँ”, प्रमुख लामाले भन्नुभयो । गढीको संरक्षणका लागि नगरपालिकाले सडक निर्माण र अन्य व्यवस्थापनका काम गर्ने उहाँले जानकारी दिनुभयो ।

    “प्रारम्भिक कामका रुपमा जीर्णोद्धार गरिएको छ”, प्रमुख लामाले भन्नुभयो, “त्यसपछि आवश्यकताका आधारमा अन्य संरचना निर्माण गरिनेछ ।” ऐतिहासिक किल्ला भएका कारण यसको संरक्षणमा नगरपालिकाले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

    “नियमित स्थलगतरुपमा निरीक्षण गरेका छौँ, यहाँ पर्यटनको प्रचुर सम्भावना छ”, नगरप्रमुख लामाले भन्नुभयो । उहाँले त्यस क्षेत्रमा रहेको कैलाश पर्वत (सोलीघोप्टे पहाड) मा तान्द्राङदेखि केबलकार निर्माणका लागि अध्ययनको तयारी भइरहेको जानकारी दिनुभयो ।

    गढी पुनःनिर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष श्रेष्ठले पुरातत्व विभागमार्फत २०८० साल जेठ १६ गते सम्झौता गरेर काम गरिएको बताउनुभयो । उहाँका अनुसार सम्झौताको म्याद पुस १५ मा सकिएको छ । “डेढ महिनाका लागि विभागबाट समय दिनुभएको छ”, उहाँले भन्नुभयो, “माघ महिनाभित्र सबै काम सम्पन्न गर्छौं ।” तीन सय २२ मिटर क्षेत्रफलमा फैलिएको गढी रु ३५ लाखमा बजेटमा पुनःनिर्माणको काम गरिएको उहाँले बताउनुभयो ।

    कान्द्राङगढीमा सेनकालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन् । लिखितरुपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रुपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन् । राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले कान्द्राङगढी संरक्षणको अभावमा जीर्ण बनेको भन्दै यसको संरक्षणमा जुटेको बताउनुभयो । “यो पुर्खाले धेरै मेहनतका साथ निर्माण गरेको गढी हो, यसको महत्व भविष्यका सन्ततिका लागि झन बढ्नेछ”, उहाँले भन्नुभयो ।

    गढीको सुरक्षाका लागि प्रहरीचौकी स्थापना गर्नुपर्ने बताउँदै वडाध्यक्ष प्रजाले त्यसका लागि पहल भइरहेको जानकारी दिनुभयो । “गढीको संरक्षण गर्दै यहाँ पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “घुम्न आउनेलाई खाने बस्ने ठाउँको व्यवस्था गर्ने योजना बनाएका छौँ ।”

    स्थानीय इन्द्रबहादुर चेपाङले ५६ दिनदेखि नियमितरुपमा गढी पुनःनिर्माणमा खटिएको बताउनुभयो । उहाँले ढुङ्गा र पानी बोकेर गढी निर्माण गरिरहेको बताउनुभयो ।

    राप्ती नगरपालिका–१३ हर्राबिसौनीस्थित राष्ट्रिय आधारभूत विद्यालय हर्राबिसौनीका शिक्षक ईश्वर रिजाल यो ठाउँ पहिलेको मुख्य भन्सार र आर्मी बस्ने ठाउँ रहेको बताउनुभयो । “अङ्ग्रेजसँग युद्ध हुँदा लडेको ठाउँ हो यो”, उहाँले भन्नुभयो, “गढीको पुनःनिर्माणपछि यसलाई पर्यटकीयस्थल बनाउनुपर्छ ।” पानी नहुँदा पनि यस क्षेत्रमा तरकारीखेती राम्रो हुने भन्दै उहाँले यहाँका चेपाङ समुदायको जीवनस्तर सुधार्न गढीले सहयोग पु¥याउने बताउनुभयो ।

    ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकको पालामा निर्माण भएको जनविश्वास रहेको छ । समुद्र सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको गढीबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभाग सजिलैसँग देख्न सकिन्छ । तत्कालीन सेन शासकले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुनसक्ने जनविश्वास छ ।

    तत्कालीन सेन वंशको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकमा उल्लेख गरेको पाइन्छ । कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्नसके पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने चेपाङ समुदायको संरक्षणका क्षेत्रमा गर्दै आउनुभएका केपीकिरण शर्माले बताउनुभयो । ठूलो मुख्य गढी ५०/६० जना अटाउने र सानो सहायक गढी उत्तरपट्टि छ । गढी वरपरका केही सुरुङबाट तातो बाफ आउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

    कान्द्राङगढी पूर्वपश्चिम राजमार्गको भण्डाराबाट ४२ किमीको दूरीमा पर्छ । यस्तै धादिङको मलेखुबाट २२ किमीको यात्रापछि गढीसम्म पुग्न सकिन्छ । भण्डारा–मलेखु चेपाङ मार्गबाट एक किमीको दूरीमा कान्द्राङगढी पर्दछ ।

     

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.