• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

बराहपोखरीको प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • खोटाङ २८ माघ 

    Advertisement

    बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ । गत वैशाख ६ गते निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले कामको जिम्मा लिएको थियो ।
    विसं २०७८ कात्तिक ७ गते सम्झौता गरिएको उक्त प्रशासनिक भवनको काम हालसम्म ५५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ६९ लाख ७० हजार तीन सय ९२ लागतमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का लिएको हो ।

    ठेकेदार कम्पनीले प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती गरेपछि पटक–पटक पत्राचार गरेर तोकिएको समयमा सम्पन्न गर्न ताकेता गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभएको छ । “सम्झौता गरिएको मितिमा भवन निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले प्रथमपटक थप गरिएको नौ महिनाको म्याद गुजारिसकेको छ । प्रथमपटक थप भएको म्याद गत माघ ६ गते सकिएको हो”, उहाँले भन्नुभयो, “प्रथमपटक थप भएको म्याद गुज्रेपछि पुनः आगामी वैशाख ५ गतेसम्मका लागि तीन महिनाको दोस्रो म्याद थप गरिएको छ । निर्माणको काममा ढिलासुस्सती गर्ने ठेकेदार कम्पनीलाई पटक–पटक पत्राचार गरेर तोकिएको मितिमा काम सम्पन्न गर्न गुणस्तर निर्धारण गर्न ताकेता गरेका छौँ ।”

    गाउँपालिकाको प्रशासनिक भवन वडा नं ४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा निर्माण सुस्तगतिमा भइरहेको छ । निर्माणको काममा खटिएका कामदारको सङ्ख्या तथा गति हेर्दा दोस्रोपटक थपिएको म्यादभित्र पनि निर्माणाधीन प्रशासनिक भवन निर्माण सम्पन्न हुने सम्भावना छैन ।

    निर्माणाधीन प्रशासनिक भवनको तीनतला ढलान गरेर पर्खाल हाल्ने, प्लाष्टर गर्नेलगायतका काम भइरहेको देखिन्छ । निर्माणको काममा ढिलासुस्ती गरेपछि ४५ प्रतिशतमात्रै भुक्तानी दिइएको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिनुभयो ।

    स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि रु ९८ लाख खर्च गरेर गाउँपालिकाले प्रि–फ्याव भवन निर्माण गरेको थियो । प्रि–फ्याव भवनमा कार्यालय सञ्चालन गर्दै आएको बराहपोखरी गाउँपालिकाले सोही भवनको पछाडिपट्टि खाली रहेको आफ्नै जग्गामा पक्की भवन निर्माण सुरु गरेको हो ।

    बाघखोर भञ्ज्याङमा निर्माणाधीन तीनतले पक्की प्रशासनिक भवनमा ३५ कोठा हुने जनाइएको छ । लिफ्टसहितको प्रशासनिक भवनको प्रत्येक तलामा महिला–पुरुष छुट्टाछुट्टै शौचालय हुने गाउँपालिकाले जनाएको छ ।

    दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहका प्रशासनिक भवन निर्माणको कममा समेत ठेकेदार कम्पनीको लापरवाही देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा रावाबेँसी गाउँपालिकाले भने यही माघ २२ गते औपचारिकरूपमा शिलान्यास गरेर निर्माणको काम सुरु गरिएको छ ।

    ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई एक वर्षका लागि कुनै पनि काम गर्न नपाउनेगरी कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेपछि उक्त गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ ।

    विसं २०७६ जेठ १४ गते सम्झौता गरिएको प्रशासनिक भवनको काम करिब ३० प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । दुई वर्षअघि अर्थात विसं २०७८ चैत ३० गते सम्पन्न गरेर सञ्चालनमा ल्याउनुपर्ने प्रशासनिक भवन ठेकेदार कम्पनीले रु दुई करोड ६८ लाख ४३ हजार तीन सय ४६ मा भवन निर्माण गर्ने ठेक्का पारेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपलिकाले भने यसअघि नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाका अन्य स्थानीय तहमा सुविधासम्पन्न प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको पाइएको छ ।

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.