तनहुॅ२९ माघ
जिल्लाको पुरानो सदरमुकाम र पछिल्लो पटक देशैभरी चर्चामा रहेको पर्यटकिय केन्द्र बन्दिपुरलाई के कसरी बिकास गर्न सकिन्छ भन्ने बिषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो देखाउनुभएको छ। उहॅाले नेपाली कांग्रेस बन्दिपुरका स्थानिय नेता रेशम गुरुङ्को नेतुत्वमा बन्दिपुरका बुद्दिजिविहरुलाई भेटी त्यस क्षेत्रको बिकासको बारेमा चासो राख्नुभएको हो ।
राष्ट्रपतिले स्थानियहरूसंग छलफल गर्नुभएको छ र विकासबारे चिन्ता र चासो देखाउनुभएको छ गुरूङले भने । भेटमा बन्दिपुर बिकास समितिका अध्यक्ष भोला श्रेष्ठ , शिक्षाबिद् चिज कुमार अकेला र डा मदन पियाले समग्र बन्दिपुरको बिकासको बारेमा जानकारी गराउनु भएको थियो भने राष्ट्रपतिले बन्दिपुरको बिकासको लागि बन्दिपुर रिङरोड, बन्दिपुर, मुचुक, रामकोट हुदै छाब्दिबाराहि जाने बाटोलाइ सुधार गर्नु पर्ने साथै बन्दिपुर नजिकै रहेको बाईसे चौबिस्से राजाको पालामा पाल्पाबाट आएर बसेका मणि मुकुन्द सेन राजाको पुरानो दरबार र मुकुन्देश्वरि मन्दिरलाइ सुधार्नुपर्ने बताउनुभयो ।बन्दिपुरला कसरी सुधार गर्न सकिन्छ ? र बन्दिपुरमा आएका पर्यटकहरुलाई बन्दिपुरमै बसौ बसौ कसरी बनाउन सकिन्छ सबैको ध्यान केन्द्रित गरी छलफल अगाडी बढाउनुस् मेरो सहयोग रहन्छ राष्ट्रपतिले भन्नुभयो ।





