• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

मुलुकको स्थायित्व र विकासका लागि कार्यकारी राष्ट्रपति आवश्यक छ : सांसद महेन्द्रबहादुर शाही


  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
  • नेपालगञ्ज १ फागुन 

    Advertisement

    मुलुकको राजनीतिक प्रणालीका विषयमा नेकपा (माओवादी केन्द्र)ले संविधान लेखनका क्रममा आफ्नो दृष्टिकोण स्पष्ट गरेको थियो । अर्थात् मुलुकको स्थायित्व र विकासका लागि माओवादीले अघि सारेको कार्यकारी राष्ट्रपतिको व्यवस्था सही रहेको विषय अहिले पुष्टि हुँदै गएको छ । कम्तीमा पाँच वर्ष सत्ता सम्हाल्ने व्यवस्था जरुरी भइसकेको छ, यसबाट मात्र देशमा राजनीतिक स्थिरता आउँछ र देश बन्न सक्छ । अहिलेको अवस्थामा छ महिना, एक वर्ष वा दुई वर्ष पनि सरकार नटिक्ने स्थिति छ । आफैँले अघि सारेका दृष्टिकोण वा कार्यक्रम पूर्ण कार्यान्वयन गर्न सक्ने अवस्थामा सरकार देखिन्न ।

    तीव्र विकास र आर्थिक समृद्धिमा जोड दिने, रोजगारी सिर्जना गर्ने, नागरिकलाई आर्थिक हिसाबले सम्पन्न बनाउने, जनताले खोजेको सामाजिक न्यायसहितको सुशासनको कुरामा जोड दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, सामाजिक न्याय स्थापित गर्ने, भौगोलिक उत्पीडन समाप्त पार्ने, दलित समुदायमाथिको उत्पीडन हटाउनेजस्ता अनेकन काम गर्नुपर्ने चुनौती हामीबीच छ । यस्ता ज्वलन्त समस्याको सम्बोधन र समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा राष्ट्रप्रमुखको आवश्यकता छ ।

    हामीले स्वीकार्नुपर्छ, नेपालको संविधानमा अझै पनि त्रुटि छन् । निर्वाचन प्रणालीमा पनि सुधारको खाँचो छ । कार्यकारी राष्ट्रपतिलाई सरकार गठनमा स्वतन्त्र राख्न सकिए देशमा स्थायित्व सिर्जना हुन्छ र विज्ञहरूको अग्रसरतामा अनेकन सुधारका कार्यहरू गर्न सकिन्छ भन्ने लाग्छ । उदाहरणका लागि, सञ्चारको क्षेत्रमा सूचना प्रविधि विषय पढेको व्यक्तिलाई जिम्मेवारी दियौँ भने त्यसले देखिनेगरी सुधार ल्याउन सक्छ । कृषि विषेशज्ञलाई कृषिमन्त्री बनायौँ भने कृषिमा सुधार आउन सक्छ । अहिले मन्त्रिपरिषद्मा विषयविज्ञ व्यक्तिको अभाव छ । एउटा राजनीतिज्ञ मन्त्री भएर मन्त्रालयमा प्रवेश त गर्छ तर सम्बन्धित विषयमा अनभिज्ञता देखियो ।

    हामी राजनीतिज्ञमा पनि म मन्त्री भइसकेको भन्ने अहङ्कार बढेको छ । म सांसद भइसकेको छु भन्ने अहङ्कार छ । यो अहङ्कारले हाम्रो ज्ञानलाई रोकेको छ । जुन क्षेत्र हो त्यो क्षेत्रको विज्ञ मान्छेलाई अवसर दिने, मन्त्रालयका सचिव पनि विषयगत राख्न सकिए परिणाम भिन्न हुन्छ । अमेरिकी राष्ट्रपतिको जस्तै पाँच वर्षसम्म मन्त्री, उच्चपदस्थ कर्मचारीको सेट बनाएर रातदिन काम गर्न सकिन्छ र त्यसले छोटो अवधिमै देशको विकास गर्न सक्छ ।

    अहिले हामी एक किसिमको संसदीय अभ्यासमा छौँ । तर चुनावमा यति धेरै विकृति किन पैदा भयो ? चुनाव जितेपछि सबै माननीयको सपना भनेको मन्त्री बन्ने छ । ठूलो रकम खर्चेर चुनाव जितेपछि मन्त्री बन्न होडबाजी हुने नै भयो । यसकारण पनि चुनाव महँगो भयो । सांसदको भूमिका भनेको त संविधान निर्माण, संशोधन वा कानुन निर्माण गर्ने, राष्ट्रियतामाथि कुनै आँच आउने काम भए त्यसको खबरदारी गर्ने, जनसरोकारका विषयमा काम भएको छ वा छैन, सरकारले प्रभावकारी काम गरेका छ वा छैन यसको निगरानी गर्ने, नियमन गर्ने हो ।

    अहिले संसद्ले आफ्नो तोकिएको भूमिका सफलतापूर्वक निर्वाह गर्न सकिरहेको छैन । विडम्बना नै भन्नुपर्छ, संसद् चलेको बेला कुर्सीहरू सबै खाली देखिन्छन् । आफ्नो दायित्व के हो ? महत्व के हो ? भूमिका के हो ? भन्ने सांसदले बुझ्न सकेनन् भने यसबाट परिणाम आउन सक्दैन । सरकारको कुरामात्रै होइन, संसद्ले पनि परिणाम निकाल्न सकेन ।

    झण्डै सात वर्ष हुन लाग्यो, संसद्ले संविधानले परिकल्पना गरेबमोजिमका धेरैवटा सङ्घीय कानुन बनाउन सकेको छैन । संसद्को लागि त्यत्रो पैसा खर्च भएको छ । हामीले हाम्रो भूमिका निर्वाह गर्न सकिरहेका छैनौँ । यसैले यस्ता प्रकारका तमाम समस्या आउनु भनेकै संविधानमा रहेका त्रुटि वा कमी हुन् । यसलाई अविलम्ब संशोधन गरेर समस्याको हल खोज्नुपर्छ ।

    मिनी संसद्को रूपमा रहेका संसदीय समितिका बैठकहरू पनि कोरम नपुगेर, बहुमत नपुगेर टुङ्गिएका छन् । समितिलाई पनि काम गर्ने जुन अख्तियारी दिइएको छ त्यो अख्तियारी पूरा गर्ने मामलामा पनि समस्या छ । हस्तक्षेपकारी भूमिका छैन, निरीहजस्तो देखिएको छ । हामीले भनेको कहाँ मान्छन् वा कहाँ सुन्छन् भन्ने अभिव्यक्ति सुनिन्छ, यसले समिति नै कमजोर भएको देखाउँछ । कमजोर समितिले केही काम गर्न सक्दैन । शक्तिशाली भूमिका निर्वाह गर्ने कुरामा समितिको कहीँ न कहीँ समस्या देख्छु ।

    म कालिकोट जिल्लाबाट निर्वाचित भएको हुँ । कालिकोट जिल्ला मानव विकासको सूचकाङ्कमा कमजोरमा एक नम्बरमा आउँछ । भौतिक पूर्वाधारका हिसाबले पनि कालिकोट पछि परेको छ । कालिकोट चट्टान नै चट्टान भएको जिल्ला हो । त्यहाँ सडक बनाउन पनि विस्फोटक पदार्थले चट्टान फुटाउनुपर्छ । त्यसैले यहाँ सडकको अभाव छ । बल्ल एउटा करिडोरको काम गर्यौैँ । त्यसबाहेक अहिले जनतालाई आफ्नो घरसम्म पुग्ने अर्को बाटो छैन ।

    जिल्लामा राष्ट्रिय विद्युत् प्रसारणको लाइन त पुग्यो तर सीमित पालिकामा मात्रै पुगेको छ । यहाँ कछुवाको गतिमा काम भइरहेको छ । स्वास्थ्योपचारको सेवा पनि यहाँ सहजै प्राप्त गर्ने अवस्था छैन । एउटा पालिकामा विशेषज्ञसहितको एउटा अस्पताल बनाउन आवश्यक छ । किनभने अहिले कोही बिरामी भए बोकेर ल्याउनुपर्ने अवस्था छ । सरकारको नीति नै एक पालिकामा १५ शय्याको अस्पताल बनाउने रहेको छ । तर यो कार्यान्वयन हुनसकेको छैन, नारामा मात्रै सीमित भएको छ । त्यस्तै शिक्षाको समस्या पनि छ, टिनका टहरामा विद्यालय छन् ।

    पूर्वाधार विकासको समस्यासँगै जिल्लाको सबैभन्दा ठूलो समस्या गरिबी हो । कालिकोटमा भएका स्रोतसाधनको उपयोगका लागि राज्यले नै लगानी गर्नुपर्ने आवश्यकता छ । जस्तै भेडापालन र बाख्रापालन गरेर आम्दानी बढाउन सकिन्छ । खानीका कुरा छन् । जलविद्युत् उत्पादनको सम्भावना व्यापक छ । गरिबीको अन्त्य कसरी गर्ने ? गरिबी कसरी घटाउने ? भन्ने विषयमा सोच्न जरुरी छ । कालिकोट खासगरी दलित समुदायको बाहुल्य भएको जिल्ला पनि हो । तथ्याङ्कले देखाएका छन्, उनीहरू नै बढी पीडित भइरहेका छन् । दलित समुदायका पक्षमा फरक कार्यकम र प्याकेज लिएर उनीहरुको जीवनस्तर सुधारमा ध्यान दिन जरुरी छ भन्ने लाग्छ । म आफैँ मुख्यमन्त्री हुँदा केही लगानी गरियो, अहिले दलित आयआर्जन कार्यक्रम, महिला आयआर्जन कार्यक्रम भनेर सबै पालिकामा लगिएको छ । तर यसका लागि बजेट न्यून छ । एउटा पालिकामा रु २५ लाखभन्दा बढी छैन । यस्तै प्रकारको लगानी सङ्घीय सरकार र प्रदेश सरकारबाट भयो भने गरिबी न्यूनीकरण गर्न मद्दत पुग्नेछ । एक घर एक धाराको नीति पनि छ । खानेपानी, सिँचाइलगायतका तमाम समस्या छन् । केही पालिका र केही वडामा एक घर एक धाराको काम भएको छ तर सबै ठाउँमा भएको छैन ।

    नेपालले केही वर्षदेखि खुला बजार अर्थनीति अँगालेको छ । विगतमा चीन, भारतसमेतका मित्रराष्ट्रले नेपालमा उद्योग, कलकारखाना स्थापना गर्न आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । तर ती सबैजसो उद्योग अहिले बन्द छन् । यी उद्योग सञ्चालन भएको भए केही मानिसले त रोजगारी पाउँथे । केही साना उद्योग छन् तर रोजगारीका अवसर पाइँदैन । उद्योग सञ्चालनका लागि राज्यले सहयोग गर्नुको विकल्प छैन ।

    राज्यले स्वदेशमा उत्पादन भएका वस्तुको प्रयोग बढाउने नीति पनि लिनुपर्छ । आम नागरिकलाई बाध्यकारी छैन भन्न सकूँला तर नेपाली सेना र प्रहरीलाई त नेपालमै उत्पादित कपडा प्रयोग गर भन्न सकिन्छ । प्रधानमन्त्री, मन्त्री, सांसदले विदेशी उत्पादन प्रयोग नगर्ने नीति बनाउन सकिन्छ । यसले स्वदेशमा उत्पादन भएको वस्तुको बजार विस्तार हुन्छ । कर्णाली क्षेत्रमा अदुवाको खेती हुन्छ । निजी क्षेत्रले युरोप पुर्याउँछ । अब नेपालमा राज्यले लगानीमैत्री वातावरण बनाएर निजी क्षेत्रलाई यसमा आकर्षित गर्नुपर्छ । लगानी गर्ने उद्योगी वा व्यवसायीलाई सुविधा दिनैपर्छ । जस्तै, दश वर्ष कर शुल्क नलिने । कर लिनेभन्दा रोजगारी दिने कुरा ठूलो हो । राज्यले त्यस्ता उद्योगीलाई रोजगारी दिने शर्त राख्नुपर्छ ।

    सरकार भनेको नागरिकको अभिभावक हो । त्यसो भएको हुनाले रोजगारी सिर्जना गर्ने योजना बनाउनुपर्छ । जस्तै कृषिको कुरा गर्ने हो भने अहिले तोरी मिलमा विदेशी तोरी आएको छ । त्यसमा नेपालकै तोरी, गहँु, चामल वा अन्य वस्तु भए के हुन्छ ? यसबाहेक पर्यटनका कुरा छन्, जडीबुटीका कुरा छन्, खानीका कुरा छन् । सस्तो लोकप्रियताका लागि बजेट कनिका छरेजस्तै छर्ने, कार्यकर्ता पाल्ने काम हुनु भएन । केही मान्छे अध्ययनका लागि पनि गएका छन् विदेश तर अधिकांश मानिस विद्यार्थी भिसामा मजदुरीका लागि गएका छन् । पढ्न गएकाहरू त्यहाँ काम गर्न बाध्य छन् ।

    सांसद महेन्द्रबहादुर शाहीको परिचय

    कालिकोट जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेन्द्रबहादुर शाही यसअघि कर्णाली प्रदेशको मुख्यमन्त्री पनि हुनुभएको थियो । नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका सांसद शाही २०७० सालको आमनिर्वाचनमा प्रतिनिधिसभामा तथा २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । शाही २०७० सालको निर्वाचनमा विजयी भएपछि केही समय उहाँले ऊर्जा मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।

    (सांसदसँग रासस संवादका लागि सांसद महेन्द्रबहादुर शाहीसँग राससका नेपालगञ्जस्थित कार्यालयमा कार्यरत समाचारदाता युवराज पाण्डेले गर्नुभएको कुराकानीको सम्पादित अंश)

    मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.