काठमाडौँ १० फागुन
नेपाली काँग्रेसको बहुप्रतिक्षित महासमितिको बैठक यस बर्ष फागुन ७-१० गते सम्म गोदाबारी, ललितपुरमा शुरु भएको छ । देशभरबाट महासमिति सदस्यहरु राष्ट्रिय मुद्धामा घनिभूत छलफल गर्न काठमाडौमा उपस्थित भएका छन् ।
नेपाली काँग्रेसको महासमिति बैठक विगतमा भन्दा यस पटक फरक ढंग र पहिचानका साथ सञ्चालन भएको छ । विगतमा गिरिजाप्रसाद कोईरालाको कार्यकालमा भएको महासमिति बैठकले गिरिजाप्रसाद कोईरालाको निर्देशात्मक आदेशको अनुमोदन गर्ने हैसियत मात्र देखाएको थियो भने यस पटक गगन कुमार थापाले सभापति शेरबहादुर देउवाको रणनितिलाई बहस केन्द्रित हुने गरी महासमितिलाई गरमागरम बहस थलो बनाई दिएका छन् । चर्चित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो प्रस्तावबाट यो महासमितिमा आफ्नो पहिचान ओझेलमा पारेका छन् । विश्वप्रकाश शर्माले नेतृत्वको आर्शिवादको आशा राखेको झल्कियो सहभागी एक सदस्यले भने गगनकुमार थापाले जनचाहाना, कार्यकर्ताको भावनालाई सम्बोधन गर्दा उर्जा त भरियो तर भावि रणनिति दाउमा राखेर प्रस्ताब गरेको भन्दै गाईगाउॅ पनि सुनियो कतिले नितिको बिषयमा केन्द्रित हुनुपर्ने बहस रणनितिमा भएको भनेर टिप्पणी गरेका छन् । यद्दपी गगन महासमितीमा सबैको मनमा बसेका छन् भन्ने तथ्य उनको प्रतिबेदनमा भएको खोसाखोस र फोटोसेसनले देखिएको छ।यस कारण पनि नेपाली काँग्रेसको यो महासमिति बैठकबाट नेपाली काँग्रेसका महासमितिमा दाश मानसिकताका कार्यकर्ता छनौट भएर गएका छन् कि स्वाभिमानी कार्यकर्ता छनौट भएर गएका छन् महासमिति बैठकले गर्ने निर्णयले संकेत गर्नेछ ।
नेपाली काँग्रेसमा सैद्धान्तिक विचलन आएको चर्चा चलिरहेको समयमा नेपाली काँग्रेसलाई सैद्धान्तिक लयमा फर्काउन सबै लाग्नुपर्ने, बीपीको बिचारलाई समयनाकुल परिमार्जन वा हूबहु अनुमोदनमा निर्णय लिनुपर्ने गंभिर बहसका बेला राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान बनाएको तनहुँ जिल्लाले महासमिति बैठकमा बैकुन्ठ न्यौपाने ,रघुनाथ पौडेल,प्रा.डा कृष्णराज गौतम ,डोबाटे बिक लगायतले कृषि र बैकिङ्ग क्षेत्रलाई समयानुकुल बनाउदै मुलुककोकुटनीति र राजनिती ,पार्टीको सिद्दान्त र बिचार ,अन्य दलसंगको गठबन्धन र अबको बाटो पहिचान गरी कांग्रेसले नयॅा दिशा लिनुपर्ने तर्क प्रकट गर्नुभयो ।अन्यको तुलनामा फरक र ओजिलो प्रस्तुती तनहॅुले दिएर आफ्नो पहिचान जोगाएको छ ।




