• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

राष्ट्रपतिको उन्मुक्तिको हवाला दिँदै वर्गीकृत दस्तावेज मामिला खारेज गर्न ट्रम्पका वकिलहरूको आह्वान


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • वासिङ्टन ११ फागुन 
    अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टोलीले बिहीबार राति फ्लोरिडाको एक न्यायाधीशसँग ट्रम्पमाथि गैरकानूनीरूपमा वर्गीकृत दस्तावेजहरू राखेको आरोप लगाइएको आपराधिक मुद्दा खारेज गर्न आग्रह गर्दै धेरै प्रस्ताव दायर गरेको छ ।

    Advertisement

    राष्ट्रपतिको उन्मुक्तिले ट्रम्पलाई अभियोजनबाट जोगाउँछ भन्ने अंशमा दाबी गर्दै प्रस्ताव पेस गरिएको हो । यस्तो तर्क टोलीले पहिले नै अमेरिकी सर्वोच्च अदालतमा आफ्नो चुनावी हस्तक्षेप मुद्दामा पेस गरिसकेको छ ।

    वकिल क्रिस्टोफर किसे र टड ब्लान्चेले लेख्नुभएको छ, “आरोपहरू राष्ट्रपति रेकर्ड ऐन (पिआरए) अन्तर्गत रेकर्डलाई व्यक्तिगतरूपमा तोक्ने र रेकर्डलाई ह्वाइट हासउबाट मार–ए–लागोमा स्थानान्तरण गर्ने उहाँको कथित निर्णयमा आधारित छ ।” ट्रम्पले पदमा रहँदा उक्त निर्णय लिनुभएको भन्दै उहाँहरूले लेख्नुभएको छ, “यो आधिकारिक कार्य थियो जसरी यो राष्ट्रपतिको उन्मुक्तिको अधीनमा छ ।”

    ट्रम्पले फ्लोरिडा सङ्घीय अदालतमा आफ्नो मार–ए–लागो एस्टेटमा गैरकानूनीरूपमा वर्गीकृत दस्तावेजहरू जम्मा गरेको र तिनीहरूलाई फिर्ता गर्ने सरकारी प्रयासहरूलाई अवरोध पुर्याएको आरोप लगाउँदै दर्जनौँ अपराधको सामना गर्नुपरेको छ । ती मुद्दा हाल मे २० मा सुनुवाइका लागि निर्धारण गरिएको भए पनि मिति पछाडि धकेलिन सक्छ ।

    ट्रम्पका वकिलहरूले महान्यायाधिवक्ता मेरिक गारल्यान्डले पूर्वराष्ट्रपतिको अनुसन्धानका लागि गर्नुभएको विशेष वकिल ज्याक स्मिथको नियुक्ति ‘गैरकानूनी’ भएको भन्दै दस्तावेज मामिला खारेज गर्ने आधार प्रस्तुत गरेका छन् ।

    पूर्वराष्ट्रपति ट्रम्पलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा उहाँका समर्थकहरूले हिंसात्मक दङ्गापछि सन् २०२० को निर्वाचन नतिजा उल्ट्याउन काम गरेको आरोपमा सन् २०२१ मा वासिङ्टनमा अभियोग लगाइएपछि ट्रम्पविरुद्ध स्मिथको अर्को मुद्दा अगस्टमा खुलासा भएको थियो ।

    उक्त मुद्दाको सुनुवाइ मार्च ४ मा वासिङ्टनको सङ्घीय अदालतमा तय गरिएको थियो तर उक्त दिनलाई ट्रम्पको अपिलका बीच रद्द गरिएको थियो । मुद्दामा पूर्वराष्ट्रपतिलाई ह्वाइट हाउसमा गरेको आधिकारिक कामका लागि अभियोजनाबाट छुटबारे कानूनीरूपमा अप्रयुक्त सवाल थियो । ट्रम्पका वकिलहरूले सर्वोच्च अदालतसँग उक्त मुद्दामा हस्तक्षेप गर्न भनेका छन् तर न्यायाधीशले हस्तक्षेप गर्नुहुन्छ वा हुन्न भन्ने स्पष्ट छैन ।

    सन् २०२३ जुनको अभियोगमा ट्रम्पमाथि दर्जनौँ अपराधको आरोप लगाइएको छ । यसमा अनुसन्धानकर्ताहरूले मार–ए–लागोमा बलरुम, शौचालय र सावर, उहाँको शयन कक्ष र एक भण्डार कक्षलगायतका स्थानहरूमा लापरवाहीपूर्वक सङ्गृहीत संवेदनशील दस्तावेजहरूको बाकस फेला पारेका छन् । अभियोजकहरूले ट्रम्पले राख्नुभएको दस्तावेज फिर्ता गर्न अस्वीकार गर्नुभएको र केही मामिलामा आगन्तुकहरूलाई देखाइएकाले विदेशी मुलुकहरूसँग सम्बन्धका साथै सैनिक र गोपनीय स्रोतहरूको सुरक्षामा खतरा भएको बताएका छन् ।

    ह्वाइट हाउस पुनः प्राप्त गर्ने होडमा ट्रम्पले चार अलग–अलग सहरमा चार आपराधिक अभियोगको सामना गर्नुपरिरहेको छ ।

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.