• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

सालिकसहितको उद्यान निर्माण सम्पन्न


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • गलकोट (बागलुङ) १७ फागुन 

    Advertisement

    बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो ।

    बागलुङको भकुण्डे गाउँमा पहिलो पटक १० रोपनी जग्गामा ‘अतिथि सत्कार घरबास’ (होमस्टे) सञ्चालनमा ल्याएर ग्रामीण पर्यटनका अगुवाका रुपमा परिचय बनाउनुभएका क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा उहाँको अर्धकदको सालिकसहित उद्यान बनाइएको छ ।

    उक्त पार्कमा निर्माण गरिएको क्याप्टेन गुरुङ स्मृति पार्कको मङ्गलबार प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र थापाले उद्घाटन गर्नुभयो । थापाले उद्यानमा राखिएको स्वर्गिय गुरुङको सालिकसमेत अनवारण गर्नुभएको थियो ।

    उद्यान उद्घाटन र सालिक अनावरणपछि पर्यटनमन्त्री थापाले ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित घरबासले यहाँको आर्थिकस्तर उकास्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत सृजना गरेको बताउनुभयो ।

    “अर्गानिक खाना खुवाउँदा गाउँमा भित्रिएको रकम बाहिर पठाउन पर्दैन । समृद्ध गाउँको परिकल्पना गरेर घरबास सञ्चालन गरी पर्यटनका माध्यमबाट प्रशस्त सम्भवको पहिचान गरिएको छ”, उहाँले भन्नुभयो, “ग्रामीण पर्यटन तथा घरबासको परिकल्पनाकारको सम्झनामा निर्माण गरिएको सालिक र उद्यानले उहाँको कल्पनालाई साकार पारेको छ ।”

    पर्यटनमन्त्री थापाले पार्कमा थप पूर्वाधार बनाउन आगामी वर्ष पर्यटन मन्त्रालयबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । भकुण्डेबासीको आर्थिक विकासकोे माध्यम बनेका घरबासलाई थप पूर्वाधार विस्तारका लागि प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

    जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लागेको छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको स्मृति पार्कमा अहिलेसम्म रू ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यहाँ मुलाबारी भ्यूटावर, सङ्ग्रहालयसँंगै पार्क निर्माण गरेपछि यहाँ आउने पर्यटकसमेत वृद्धि भएको स्थानीय बताउँछन् ।

    घरबासको खानाका परिकारले मात्रै पाहुना आर्कषित नहुँने भन्दै पर्यटक रमाउने र बासको परिकल्पना गरेर पार्क निर्माण थालिएको स्मृति पार्क निर्माण समितिका सल्लाहकार एवं पर्यटन प्रवर्द्धनका अगुवा खिम बहादुर थापाले बताउनुभयो । “प्रदेश सरकारले यहाँका सामुदायिक घरबासलाई रू १० लाखका दरले पूर्वाधार निर्माणमा अनुदान दिने निर्णय गरेको थियो । त्यही अनुदानबाट पार्क बनाउन सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “घरबासलाई दीर्घकालीन रुपमा फाइदा पु¥याउन पार्कले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

    थापाका अनुसार १० रोपनी जग्गामा फैलिएको उद्यानको तारबार, दुईतर्फ प्रवेशद्वार, सार्वजनिक भवन, खानेपानी शौचालयसहित गुरुङको सालिक स्थापना भइसकेको छ ।

    पर्यटन मन्त्रालयको घरबास प्रवर्द्धन कार्यक्रमअन्र्तगत रू १० लाख, दुई आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयबाट रू २० लाख र बागलुङ नगरपालिकाको रू चार लाख गरी रू ३४ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय, सरोकारवाला निकाय र पर्यटन व्यवसायीले पार्क निर्माणमा रू पाँच लाख चन्दा सहयोग गरेका छन् ।

    विस्तृत अध्ययन प्रतिवेदनअनुसार पार्कले पूर्णता पाउन रू तीन करोड लाग्ने जनाइएको भएपनि पार्क सञ्चालनका लागि आधारभूत पूर्वाधार निर्माणमा अझै रू ५० लाख खर्च गर्न आवश्यक रहेको निर्माण समितिका सल्लाहकार थापाको भनाइ छ ।

    पार्कको चार रोपनी जग्गामा फलफूल बगैँचा, एक रोपनी जग्गामा फूल बगैँचा र दुई रोपनी जग्गामा चिल्ड्रेन पार्क निर्माण गर्ने लक्ष्य लिइएको अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष मुना थापाले बताउनुभयो । उहाँले पार्क सञ्चालनको खर्च पार्कबाटै उठाउने गरी फलफूललाई आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

    बागलुङ नगरपालिकाले पर्यटकीय गाउँका रुपमा भकुण्डेलाई विकास गर्न लागेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्रीसमेत रहने छन् । अहिले घरबासमा आन्तरिकसँगै विदेशी पर्यटकसमेत आउन थालिसकेका उहाँको भनाइ थियो ।

    अष्ट्रेलियन नागरिक टमी र भूतपूर्व गोरखा सेनाका अवकाशप्राप्त लाहुरे गुरुङले विसं २०५४ असोजदेखि स्याङ्जाको सिरुबारीमा नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ सञ्चालन गर्नुभएको थियो । उहाँहरुको अवधारणमा नेपालमा घरबास पर्यटन थालिएको भन्दै बागलुङका घरबास सञ्चालकले यहाँ वृहत पार्क निर्माण गरी गुरुङलाई सम्मान प्रदान गरिएको सामुदायिक घरबासका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    घरबासमा एकै रातमा ५० जना पहुँना राख्न सकिने घरबास सञ्चालकको भनाइ छ । घरबासमा पहुँनाको रोजाइअनुसारको सेवा सुविधा दिइँदै आइएको अध्यक्ष थापाले बताउनुभयो ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.