• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

संरक्षणको प्रतीक्षामा पर्यापर्यटनको अनुपमस्थल पुरैनी ताल


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • कञ्चनपुर २० फागुन 

    Advertisement

    बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ ।

    ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ । चराको अनुसन्धान गर्नेहरूका लागि यो तालले विशेष महत्व राख्दछ । ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

    ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन् । कात्तिक महिनादेखि नै प्रवासी चराको ताल क्षेत्रमा चहलपहल सुरु हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर रावलले बताउनुभयो ।

    “तालमा धेरै चराका प्रजाति पुसदेखि देखापर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “गर्मी हुने क्रमसँगै वैशाखदेखि प्रवासी चरा ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।” दशकअघि तालमा पानी बढी हुने हुँदा चराको सङ्ख्या पनि बढी हुने गरेको उल्लेख गर्नुहँुदै उहाँले हाल तालमा पानी कम हुने भएकाले चरा पनि कमै देखिने गरेको बताउनुभयो ।

    तालमा कुर्मा, बतख र गरुड प्रजातिका चरा बढी देखिने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार ती चरासँगसँगै ताल क्षेत्रमा प्रवासी सिकारी चराको उपस्थिति पनि बाक्लो हुने गरेको छ । गर्मी सुरु भएपछि प्रवासी चरा फर्केर जाने गरे पनि रैथाने प्रजातिका चरा भने ताल क्षेत्रको सीमसार क्षेत्रमा वर्षभरि नै देखिने गरेको उहाँले बताउनुभयो । पहिला आउने ठूला शरीर भएका चरा भने केही वर्षदेखि आएको नदेखिएको रावलले उल्लेख गर्नुभयो ।

    चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालपछि सबैभन्दा बढी प्रजातिका प्रवासी चरा पुरैनी तालमा देखिने गरेका छन् । “यो ताल चराको स्वर्ग नै हो”, उहाँले भन्नुभयो, “संरक्षित क्षेत्र बाहिरको सबैभन्दा बढी चरा यहाँ पाइने गरेका छन् ।” यस वर्षको जलपक्षी गणनाका क्रममा तालमा ५५ प्रजातिका चरा देखापरेको उहाँले जानकारी दिनुभयो । चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको उहाँले जानकरी दिनुभयो ।

    सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको चराविज्ञ डगौरा बताउनुहुन्छ । “एकै तालमा यति धेरै चराको प्रजाति पाइनु यस क्षेत्रका लागि गर्वको कुरा हो”, उहाँले भन्नुभयो, “यस क्षेत्रलाई चरा पर्यटन क्षेत्रका रूपमा विकास गरिनुपर्छ ।”

    चरा पर्यटनलाई उच्चस्तरका रूपमा हेरिने गरिएको कुरामा जोड दिँदै उहाँले चरा अवलोकन गर्न आउने पर्यटक आर्थिक अवस्था राम्रो भएका हुने गरेको बताउनुभयो । “चरा हेर्नकै लागि पर्यटक तालसम्म पुग्ने गर्दछन्”, उहाँले भन्नुभयो, “कुनैले सौखका लागि फोटो खिच्ने, कोही आत्मशान्तिका लागि चरा भएका क्षेत्रमा घुम्नका लागि पुग्ने गर्दछन् ।”

    चरा पर्यटनको विकास गरिएमा डिप्रेसनमा गएका व्यक्तिलाई फाइदा पुग्नेसँगै वैज्ञानिक अनुसन्धान गर्न सहज हुने र नयाँ प्रजातिका चरा पत्ता लगाउन सहज हुने उहाँको भनाइ छ । “यसका लागि चराको बासस्थानमा खलल पुर्याउनु हुँदैन”, उहाँले भन्नुभयो, “सीमसार क्षेत्रको जैविक विविधता संरक्षणमा जोड दिइनुपर्छ, तालको पानीलाई एकनास बनाइराख्नका लागि संरक्षणका कार्यक्रम सञ्चालन गरिनुपर्छ ।” तालमा क्रिडा गर्ने चरा नजिकैबाट नियाल्नका लागि अवलोकन घर निर्माण गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

    ताल क्षेत्रको जलकुम्भी हटाएर चरा बस्नका लागि आइल्याण्ड निर्माण गर्ने कार्यसँगै समुदायस्तरमा चरा संरक्षण र बासस्थान सुरक्षाका लागि जनचेतना जगाउने कार्यमा स्थानीय सरकारले दत्तचित्त भएर लाग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    घोडाघोडी चरा अभय–आरण्यपछि हरिहाँसको सङ्ख्या पुरैनी तालमा अधिक देखिएको उहाँले जानकारी दिनुभयो । कैलाली र कञ्चनपुरका सीमसार क्षेत्रमा रैथाने तथा प्रवासी पक्षी अवलोकनका क्रममा पुरैनी ताल पुग्नुभएका सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख डबलबहादुर बोहराले सरकारले तीनवटा सर्किटमा गुरुयोजना बनाएर कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

    “कैलाली–कञ्चनपुर, पहाड र हिमाल गरी तीन सर्किटमा पर्यटकीय विकासका लागि कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “पर्यटकीय विकासमा तालतलैयासँगै जैविक विविधता संरक्षण, चराचुरुङ्गीको बासस्थान संरक्षणलाई उच्च महत्व दिइएको छ ।”

    चराचुरुङ्गी पर्यटन प्रवर्द्धनका माध्यमबाट विदेशी पर्यटकलाई आकर्षित गरी स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । प्रदेशका नौवटै जिल्लामा चरा संरक्षण कार्यक्रम समावेश गरेर कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुहुँदै उहाँले पर्यटकीय पूर्वाधार निर्माण, बासस्थान संरक्षण, जलाधार क्षेत्र संरक्षणलगायतका कार्यक्रम अघि सारिएको बताउनुभयो । “इको टुरिज्मको मुख्य पाटो भनेकै चरा अवलोकन गर्नु नै हो”, उहाँले भन्नुभयो, “रैथाने प्रवासी चरा–मानव सम्बन्धलाई पर्यापर्यटनसँग जोड्नु आवश्यक छ ।”

    घोडाघोडी सीमसार क्षेत्र र पुरैनी सीमसार क्षेत्रका मासिँदै गएका ताल संरक्षण गर्न ताल वरिपरिको क्षेत्रमा पर्खाल निर्माण गर्ने, पर्यटकको सुविधाका लागि भ्यूटावर निर्माण गर्नेलगायतका लागि आवश्यक छलफल गरी आगामी योजनामा समावेश गरिने उहाँले बताउनुभयो । पुरैनीको पुरानो क्षेत्र यकिन गरी सीमाङ्कन गर्नका लागि तत्कालै कार्य अगाडि बढाइने बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

    “चराको बासस्थान सुरक्षित बनाउन कार्यक्रम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “ताल क्षेत्रमा रहेको जलकुम्भी हटाएर सफा बनाउँछौँ, ताललाई पुरानै प्राकृतिक अवस्थामा पुर्याएरै छाड्छौँ ।” चराको बासस्थान भत्काउनु हँुदैन भन्नेमा सचेत रहेको उल्लेख गर्नुहुँदै उहाँले ताल र सीमसार क्षेत्रको संरक्षणका लागि प्रदेश, सङ्घीय सरकारसँग हातेमालो गरेर अगाडि बढ्न आतुर रहेको बताउनुभयो ।

    “तालको केही क्षेत्रमा पोखरी निर्माण गरी सहकारी संस्थासँग सम्झौता गरी माछापालनको कार्य विगतमा गरिँदै आएको थियो”, उहाँले भन्नुभयो, “चरा संरक्षणकर्मीको सल्लाहमा चराको बासस्थानमा खलल पुगेको भनेपछि माछापालनको कार्य बन्द गरेका छौँ”, थारू भाषामा कमललाई पुरैना भन्ने गरिएकाले त्यसकै आधारमा तालको नाम पुरैनी राखिएको बताइन्छ ।

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.