५ चैत
पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइँदै छ । सिआइबीको निगरानीमा रहेका महरालाई कपिलवस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी भीम ढकालले जानकारी दिए ।
महरालाई आजै जिल्ला अदालत पेस गर्ने प्रहरीको तयारी छ। सुन तस्करी सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा अनुसन्धान गरी पुरक अभियोगपत्र दायर गर्नका लागि महरालाई पक्राउ गरिएको हो।
महराले इलेकट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।




