• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

‘गणतन्त्रको मूल मर्मलाई आत्मसात गरी रेडियो नेपालले समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ’


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • काठमाडौँ २० चैत

    Advertisement

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई आत्मसात् गरी रेडियो नेपालले समाचार, कार्यक्रम र सन्देश सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।

    रेडियो नेपालको ७४आँै वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले रेडियो नेपालले गाउँ, सहर र दूरदराजका बस्तीसम्म पुगी युग सुहाउने सूचना र सञ्चारको भरपर्दो, निष्पक्ष, स्वतन्त्र र प्रभावकारी माध्यम बन्नसक्नुपर्ने बताउनुभयो ।

    नेपाल सरकारको शतप्रतिशत भूभागमा रेडियोको पहुँच पु¥याउने लक्ष्यअनुरुप हालसम्म ९३ प्रतिशत जनसङ्ख्यामा पहुँच पु¥याउन सफल भएको सुन्दा खुसी लागेको उल्लेख गर्दै मन्त्री शर्माले बाँकी जनसङ्ख्यामा प्रसारण पहुँच वृद्धि गर्न कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । संवैधानिक मर्मलाई आत्मसात् गर्दै रेडियो नेपालले प्रादेशिक प्रसारणमा प्राथमिकता दिँदै आएको भन्दै उहाँले अब रेडियो नेपालले प्रादेशिक प्रसारणको समय अवधि बढाउनतिर ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

    “हालसम्म २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण गरेर देशको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई सम्बोधन गर्नु समावेशिताको महत्वपूर्ण फड्को नै हो”, उहाँले भन्नुभयो, “आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रसारण उन्मुख समाचार र कार्यक्रम उत्पादन तथा प्रसारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ ।”

    मन्त्री शर्माले २००७ सालको क्रान्तिको जगबाट स्थापित अग्रणी प्रसारण संस्था रेडियो नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको साक्षी बन्दै आइरहेको बताउनुभयो । राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले जनक्रान्तिका उपलब्धिको रक्षा र विकास गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न रेडियो नेपालले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

    सूचना प्रविधिको विकासले सञ्चारका माध्यममा विविधता आएको भए पनि अझै रेडियोप्रतिको आकर्षण नघटेको उल्ल्ेख गर्दै मन्त्री शर्माले अहिले पनि देशभरि र खासगरी ग्रामीण क्षेत्रका आम जनताको घरघरमा, मेलापात र गोठालो जाँदाको साथी रेडियो नेपाल नै बन्ने गरेको स्मरण गर्नुभएको छ । “टेलिभिजन र इन्टरनेटको पहुँचभन्दा बाहिरका स्रोतालाई सूचना र मनोरञ्जन दिने मात्र होइन, इन्टरनेटको पहुँचमा रहेका स्रोतालाई क्षणक्षणमा अनलाइन ‘पोर्टल’मार्फत सूचित गर्ने काम पनि रेडियो नेपालले गरिरहेको छ”, उहाँले भन्नुभयो, “रेडियो नेपाल गाउँ–सहरका स्रोताको सूचना र मनोरञ्जनको सबैभन्दा भरपर्दो माध्यमका रुपमा स्थापित भइरहनु हाम्रा लागि गौरवको विषय हो ।”

    मन्त्री शर्माले हिमाल, पहाड र तराईको भौगोलिक विविधतालाई आत्मसात् गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकको मूल्यबोधसहित रेडियो नेपालले मन र माटोलाई जोड्न अझै प्रभावकारी कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । “कला, साहित्य, गीत, सङ्गीत, भाषा, संस्कृति, ज्ञान, विज्ञान तथा सूचना प्रविधिको खोज, विकास र विस्तारलाई थप प्रवद्र्धन गर्नु रेडियो नेपालको अभीष्ट बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

    जनयुद्ध, जनआन्दोलनलगायत सङ्घर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको जनाउँदै मन्त्री शर्माले लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व ऐतिहासिक उपलब्धि भएका बताउनुभयो । प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको उहाँको भनाइ छ ।

    मन्त्री शर्माले विगतका गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताउनुभयो । “पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखा पर्न खोजिरहेका उच्छृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण प्रकाशनमा जोड दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

    मन्त्री शर्माले आजको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नवीनतम् प्रविधि उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार तथा थप समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारणमा ध्यान दिन निर्देशन दिनुभयो । “बदलिँदो समय, प्रतिस्पर्धा र राष्ट्रिय दायित्व समेतलाई हेरेर रेडियो नेपालले आफ्ना कार्यक्रम, समाचार तथा प्रसारण सामग्रीहरुलाई अझ सार्वजनिक प्रसारणमुखी बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    सञ्चार मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले रेडियो नेपाल र टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थाका रूपमा विकास गरिने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले सूचनाको हकको प्रत्याभूति गर्ने, सुशासनको पक्षमा अभियान सञ्चालन गर्न तथा शिक्षामूलक, विकासमूलक, जनचेतनामूलक कार्यक्रमलाई रेडियो नेपालले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले मिडियम वेभ, एफएम, अनलाइन र डिजिटल प्लेटर्फममार्फत चौबिसै घण्टा प्रसारण सञ्चालन गरी २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रमसमेत प्रसारण गर्दै आएको बताउनुभयो । उहाँले देशका विभिन्न भूगोलको ३२ स्थानमा एफएम रिलेकेन्द्र स्थापना गरी आफ्नो प्रसारण कूल जनसङ्ख्याको ९३ प्रतिशत जनतामाझ पु¥याउन सफल भएको जानकारी दिनुभयो ।

    सो अवसरमा मन्त्री शर्मा र सञ्चार सचिव सुवेदीले संयुक्त रुपमा रेडियो नेपालले प्रकाशन गरेको विमोचन गर्नुभएको थियो । मन्त्री शर्माले रेडियो प्रसारण तथा सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावलाई रेडियो नेपाल राष्ट्रिय सम्मान प्रदान गर्नुभयो ।

    कार्यक्रममा २५ वर्ष अविछिन्न सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक तथा वर्ष उत्कृष्ट कर्मचारी र उत्कृष्ट रिले स्टेसनलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रव्यापी खुला आधुनिक गीत–सङ्गीत प्रतियोगितामा प्रथम हुनुभएका मिलन परियारले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो । सो प्रतियोगितामा ४८ कलाकारले सहभागिता जनाउनुभएको थियो ।

     

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.