• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

बाटो नहुँदा चमेरे गुफा ओझेलमा


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • दाङ १९ चैत 

    Advertisement

    तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको सिद्ध चमेरे गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नहुँदा र प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको छ ।

    करिब साढे दुई दशकपहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयको भनाइ छ । चारतिर जङ्गल रहेको र सोही जङ्गलसँगै विकट स्थानमा पहाडको फेदमा रहेको गुफा तथा चारैतिर हरियाली स्वच्छ मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । त्यति राम्रो दृश्य तथा गुफा अवलोकनका लागि जाने पर्यटक पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।

    चमेरे गुफासम्म पुग्नका लागि सामान्य कच्ची बाटो पुगेता पनि पर्याप्त रुपमा त्यसको विकास हुन नसक्दा गुफाकोे अस्तित्व नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता बढेको स्थानीय बताउँछन् । तुलसीपुर–४ की ४५ वर्षीया भावना गौतमले चमेरी गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा अहिले सो क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्या न्यून रहेको बताउनुभयो । उहाँले यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने बताउनुभयो ।

    तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र संवद्र्धन गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्ने सकिने यहाँका जानकारको भनाइ छ । प्राकृतिरुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्ने सके दाङको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताइएको छ ।

    हाल गुफामा दैनिक रुपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि आउने गरेका छन् । तीन तला रहेको उक्त गुफासम्म पुग्नका लागि यसअघि साबिकको जिल्ला विकास समिति दाङ, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोग तथा स्थानीयको सक्रियतामा गुफासम्म पुग्ने कच्ची बाटो, यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास तथा पक्की मोटरबाटो बन्न नसको स्थानीयको भनाइ छ ।

    गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ । गुफामा विभिन्न तीन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ ।

    बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरे गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरे गुफा रहन गएको जानकार बताउँछन् । विसं २०५२ मा पता लागेको भए पनि गुफा कसले र कसरी पता लगायो भन्नेबारे सबै अनभिज्ञ रहेका छन् । जानकारहरु भने भिरमा घाँस काट्न जाँदा पत्ता लागेको बताउँछन् ।

    गुफासम्म पुग्न बाटोमा सिँढी पनि निर्माण गरिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटीसम्म पक्की छ । हर्नेटीबाट भने गुुफासम्म पुग्न चार किलोमिटर कच्ची तथा साँघुरो सडक हँुँदा बर्सातको समयमा यातायातका साधन चल्न नसके पनि हिउँदको समयमा साना सवारी साधन जाने गरेकाले पर्यटकहरुको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन् । यसको विकास भए दाङको पनि विकास हुने भन्दै स्थानीय सरोकारवाला निकायलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताउँछन् ।

    सिद्ध चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले गुफासम्म पुग्ने चार किलोमिटर बाटो साँघुरो र कच्ची हुँदा अवलोकन गर्ने आउने पर्यटकलाई कठिनाइ हुने गरेको बताउनुभयो । कतिपय पर्यटक पैदल हिँड्नु परेपछि बीचै बाटोबाट फर्कनुले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । उहाँले भन्नुभयो, “केही दिनअघि बर्दियाबाट गुफा अवलोनका लागि बसमा आएको एक टोली बाटो साँघुरो भएका कारण बस जान नसक्ने भएपछि हर्नेटीबाट फर्केको छ ।” यसको विकासका लागि सबै लाग्नुपर्ने अध्यक्ष पुन भन्नुहुन्छ । चमेरे गुफासम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटकपटक लुम्बिनी प्रदेश सरकार तथा उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ नभएको अध्यक्ष पुन बताउनुहुन्छ ।

    चमेरे गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि गुफाभित्र बिजुली, सिम्ढी, बाहिर प्रतीक्षालय, शौचालय, चमेना गृह पनि निर्माण गरिए पनि मुख्य बाटो सहज नहुँदा सास्ती हुने गरेको छ । हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि प्रतिव्यक्ति रु २० लिने गरको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाइँदै आएको छ ।

    यसैबीच, वडा नं ४ का वडाध्यक्ष तुल्सीथापा मगरले चमेरे गुफा संरक्षण र संवद्र्धन गर्नका लागि आफूले पनि पहल गरिरहेको बताउनुभयो । “चमेरे गुफा आफ्नो वडाको गहनाका रुपमा लिएका छौँ, यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको छ तर बजेट अभावका कारण पक्की बाटो निर्माण गर्न सकेका छैनौँ”, वडाध्यक्ष थापाले भन्नुभयो । उहाँले उपमहानगरपालिका, प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग बाटो निर्माणका लागि बजेट माग गरिरहेको जानकारी दिनुभयो । उपमहानगरपालिकाले भने यस वर्ष चमेरे गुफाका लागि कुनै बजेट विनियोजन गरेको छैन । सन् २०११ मा चमेरे गुफामा स्थानीयको सहयोगमा महोत्सव पनि आयोजना गरिएको थियो । सो अवधिमा धैरै सङ्ख्यामा पर्यटकले गुफाको अवलोकन गरेका जनाइएको छ ।

    रासस

     

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.