• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ज्येष्ठ नागरिक दिवासेवा केन्द्रः पीडा भुलाउने चौतारी


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • देउखुरी (दाङ) २० चैत

    Advertisement

    चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तराद्र्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो– बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःखसुखका कुरा गर्ने तथा रमाउने ।

    उहाँहरु त्यहाँ पुगेपछि एकैछिन मनका बह पोख्ने गर्नुहुन्छ र सुरु सुन्छ मनोरञ्जनात्मक क्रियाकलाप । बजाउन जान्नेले मादल, खैजडी आदि बजाउने, केहीले गाउने र अरू बाजाका तालमा नाच्ने र गाउने । यो सुरु भएपछि आफ्ना सबै पीडा भुलिन्छ भन्नुहुन्छ उहाँ । यसरी आफ्ना पीडा भुलाउने चौतारो बनेको छ, नागरिक दिवासेवा केन्द्र, भन्नुहुन्छ यहाँ पुग्ने ज्येष्ठ नागरिकहरू ।

    दाङमा ज्येष्ठ नागरिकका लागि दिवासेवा केन्द्र सञ्चालन भएपछि उहाँहरुको दैनिकी पनि फेरिएको छ । घोराही उपमहानगरपालिका–६ जजरागाउँका पदमप्रसाद अधिकारी ८८ वर्षका हुनुभयो । उहाँ बिहान ११ बजे सोही वडाको गुरुवागाउँमा अवस्थित ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा दैनिक आउने गर्नुहुन्छ । आफ्ना साथीभाइ, दाँैतरीसँगको भेटघाट र भलाकुसारीले मन भुलाउने गर्नुहुन्छ र बेलुका घर फर्किनुहुन्छ ।

    दिवासेवा केन्द्रमा आफ्नै उमेरका आफन्त, साथीसँग भलाकुसारी, भजनकीर्तन गर्ने, नाच्ने गाउने गर्दा उहाँलाई आनन्द लाग्ने गरेको बताउनुहुन्छ । “रामायण, महाभारतका श्लोेक सुन्दा मनमा आनन्द आउँछ,” उहाँले भन्नुभयो, “कोही तालीले साथ दिन्छौँ कोही गलाले साथ दिन्छौँ, अनि नाच्न जान्ने साथीहरु पनि नाचेरै रमाउनुहुन्छ । यो त हाम्रा लागि समय बिताउने ठाउँ मात्र होइन कि बिसाउने चौतारी पनि भएको छ । केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ ।”

    घोराही–६ गुरुवागाउँका गोकर्ण अधिकारी उमेरले ६८ वसन्त पार गर्नुभयो । उहाँ शिक्षक सेवाबाट निवृत्त हुनुहुन्छ । पहिले त दैनिक विद्यालय जाँदा समय बितेको थाहा हुँदैनथ्यो उहाँलाई । अवकाशपछि घरमा बसेर दिन बिताउन उहाँलाई पट्यार लागेको थियो । विसं २०७८ मा घर नजिकै दिवासेवा केन्द्र स्थापना भएपछि अहिले भने उहाँको दिनचर्या फेरिएको छ । आफ्ना कुरा सुनाउने अनि साथीका कुरा सुन्ने, भजनकीर्तन तथा नाचगान गरेर दिन बिताउने गर्न सजिलो भएको छ । “आफूसँगैका साथीसँग भेट हुन्छ । घरमै बस्दा अत्याश लाग्थ्यो यहाँ साथीभाइ र आफन्तीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ”, उहाँले भन्नुभयो ।

    आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने र नाचगान भजनकीर्तन गरेर दिन बिताउने गर्न सजिलो भएको उहाँको भनाइ छ । “आफूसँगैका साथीसँग भेट हुन्छ । साथीभाइ र आफन्तसँग पनि भेट हुन पाउँदा पहिलेको समयको याद आउछ”, उहाँले भन्नुभयो, “साँच्चै भन्ने हो भने दिवासेवा केन्द्र दुःख बिसाउने साझा चौतारी नै बनेको छ ।”

    सेवा केन्द्र आउन थालेपछि ऊर्जा थपिएको उहाँको अनुभव छ । घरमै बसिरहँदा शरीर कुजिएजस्तो भएको र यहाँ आउन थालेपछि हलुङ्गो भएको उहाँले सुनाउनुभयो । घोराही उपमहानगरपालिका वडा नं ६ ले भजन गाउँदा बजाउने सामग्री सहयोग गरेको छ । दैनिक १५ देखि १८ जना ज्येष्ठ नागरिक यहाँ आउने गर्नुहुन्छ । यहाँ आउन कसैलाई पनि रोकतोक छैन । जम्मा हुनासाथ उहाँहरुले आरती गर्नुहुन्छ र त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको अधिकारीले बताउनुभयो ।

    साठी वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ भन्नुहुन्छ वडा नं ६ का वडाअध्यक्ष विष्णुराम आचार्य । गत वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, खैजडी, मुजुरा र हार्मोनियम जस्ता वाद्यवादनका सामग्री वडा कार्यालयले उपलब्ध गराएको छ । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गर्नुहुन्छ । आचार्य भन्नुहुन्छ, “केन्द्रमा विभिन्न दाताबाट विभिन्न किसिमका धार्मिक तथा आध्यात्मिक ज्ञानयुक्त पुस्तक राख्ने सामग्री पनि व्यवस्था गरिएको छ ।

    यस केन्द्रमा धार्मिक ग्रन्थको पाठ र भजन कार्यक्रम समय तालिकाअनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउनुहुन्छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरभित्रका ज्येष्ठ नागरिक आफ्ना दौँतरीसँग भलाकुसारी गरेर रमाइलो तरिकाले समय बिताउँदा उहाँहरुको जीवनमा परिवर्तन भएको देख्दा खुसी लागेको बताउनुभयो ।

    घोराहीमा सञ्चालन भएको दिवासेवा केन्द्र पछिल्लो समय ज्येष्ठ नागरिकको दिन काट्ने प्रभावकारी माध्यम बन्दै गएको छ । आफ्ना अनुभव साटासाट गर्ने, नाचगान गर्ने र विभिन्न विषयमा छलफल गर्ने भएपछि शारीरिक रुपमा काम गर्न नसक्ने र पीडा भुलाउन उक्त केन्द्र सबै वृद्धवृद्धाको रोजाइको ठाउँ बनेको नगरप्रमुख चौधरीले बताउनुभयो ।

    ज्येष्ठ नागरिक समाजका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतिकुमारी विश्वकर्माले घोराही उपमहानगरपालिकाका ११ वटा वडामा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालनमा आएको बताउनुभयो । नगरले उहाँँहरुको नियमित स्वास्थ्य परीक्षण पनि गर्ने गर्दछ । अहिले मानिसहरु व्यस्त बन्दै गएका छन् । एकातर्फ घरमा युवा पुस्ता नबस्ने गरेकाले गाउँघरका घरहरु वृद्धाश्रमजस्ता भएका छन् । अर्कातर्फ नेपालमै रहेका नयाँ पुस्ता पनि आ–आफ्ना काममा व्यस्त छन्, या सहर बजारतिर छन् । घरैमा भएका आफ्ना सन्तान पनि आफूसँग भन्दा सामाजिक सञ्जालमा बढी रमाउने गरेका कतिपय ज्येष्ठ नागरिकको गुनासो हुने गर्दछ ।

    त्यसैले यसरी स्थापाना गरिएका नागरिक सेवा केन्द्रहरु नागरिकका दिन काट्ने र रमाउने माध्यम बन्ने गरेका छन् । यी केन्द्रहरु कतिपय ज्येष्ठ नागरिकको समय काट्ने, कतिका पीडा भुलाउने तथा कतिपयलाई मनोरञ्जन लिने स्थान पनि बन्न सफल भएका छन् । विभिन्न पेसा र व्यवसायमा रहेर निवृत्त भएका उहाँहरुका ज्ञान, अनुभव र सीपबाट समाजले पनि धेरै शिक्षा तथा सहयोग लिन सक्छ ।

     रासस

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.