• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

समुन्नत र समृद्ध नेपाल नै नेपालीको चाहना: राष्ट्रपति पौडेल


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • लमजुङ२३ चैत

    Advertisement

    राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पूरा गर्नु रहेको बताउनुभएको छ ।

    ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार’ भन्ने नारासाथ आजदेखि प्रारम्भ भएको आठौँ लमजुङ महोत्सव, २०८० को उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई बेसीसहरमा सम्बोधन गर्दे उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    “त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ, मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औद्योगिकरणको मार्ग प्रशस्त गर्न सक्दछौँ जुन ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि लक्ष्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    उहाँले राजनीतिक दल, सरकार र नीति निर्माताहरूले सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना हो भन्ने भुल्नु हुँदैन भन्नुभयो ।

    निजी क्षेत्रसँगको सहकार्यमा यहाँको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उत्पादन, उत्पादकत्व र यस क्षेत्रको आर्थिक उन्नतिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्ने आवश्यकता छ भन्दै उहाँले जलविद्युत्का धेरै आयोजनाहरू यसै क्षेत्रमा निर्माण भइरहेकाले भविष्यमा ऊर्जाको आपूर्ति सहज हुने हुँदा यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण समयमै सृजना गर्नु उपयुक्त हने धारणा व्यक्त गर्नुभयो ।

    देशका विभिन्न भागमा हुने महोत्सव तथा मेला पर्वहरूले सो क्षेत्रका धर्म, कला, सस्ंकृति, परम्परा संरक्षण र सम्वद्र्धन तथा यस क्षेत्रको पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवर्दधन, औद्योगिक पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

    “भौगोलिक रूपमा नेपालकै मध्यभागमा अवस्थित लमजुङ जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, आस्थाका धरोहरका रूपमा धार्मिक सम्पदाहरू, गौरवपूर्ण ऐतिहासिक गाथा, लोकतान्त्रिक राजनीतिक आन्दोलनको उर्वर भूमि, साहित्य तथा सास्कृतिक पक्षका दृष्टिले पनि आकर्षणको केन्द्रमा रहेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    विसं २००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा जातीय भेदभाव, छुवाछुतविरुद्ध सामाजिक आन्दोलनको चम्किलो जागरण बनेको हलो क्रान्ति यही भूमिबाट उब्जिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले राजनीतिक चेतनाका लागि ब्राह्मणहरूले चलाएको सामाजिक जागरणको उक्त अभियानले राणाशासनको जग नै हल्लाइदिएको र यहीबाट प्रजातन्त्रको उज्यालो प्रकाश पहाडी कन्दरा फैलिएको थियो भन्नुभयो ।

    उहाँले आजको नेपालमा लमजुङ लुकेको सम्पत्ति (हिडन ट्रेजर)का रुपमा रहेको र यहाँको हावापानी माटो र सिङ्गो प्रकृति अनुपम छ, कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकास तिनवटै कुराको सशक्त आधार भूमि लमजुङ भएको बताउनुभयो । “यसमा अन्तरनिहीत सम्भावनालाई उजागर गर्न सके समृद्धिको स्वर्ग यही नै भेटिन्छ, रोजगारी र आम्दानीको खोजीमा देश विदेशमा भौतारिरहनु पर्दैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    विश्वमै उत्कृष्ट पर्यटकीय पदयात्राको ख्याती कमाएको अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका कारण आवश्यक सुविधा र पूर्वाधार खडा गरी यसले पर्यटन व्यवसायबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको उहाँको भनाइ थियो । आन्तरिक पर्यटनको केन्द्र बनेको घले गाउँ, काउलेपानी र भुजुङसहितका गाउँ अनि होमस्टेहरू मात्र हैन गाउँसहर बेँसीसहर, राइनासटार, भोर्लेटार हुँदै चितिदेखि चसङ्कूसम्म, घनपोखरादेखि डाँडा–कुन्छासम्म र विचौरदेखि रिस्ति रम्घासम्मका पुराना नामी गाउँहरूले यहाँको मनोरम ऐतिहासिक आकर्षणको आयामलाई बढाइदिएको उहाँले बताउनुभयो ।

    “यहाँको जस्तो जमिन रसिलो हो, मान्छे पनि रसिला र पाखा पखेरा पनि हसिला छन् । आफै हुर्केबढेको, सङ्घर्ष र आन्दोलनका उकाली ओराली गरेको यही सुन्दर प्रकृति, संस्कृति र पाखा पखेरा देखेपछि अनि मलाई भन्न मन लाग्छ ः ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरा, हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो”, उहाँले भन्नुभयो ।

    ‘धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाः दीगो पर्यटन उद्योग – समुन्नत लमजुङको मार्गदिशा’ भन्ने अवधारणासाथ जिल्लाका भौगोलिक, ऐतिहासिक, साहित्यिक तथा साँस्कृतिक पर्यटनका गन्तव्यहरूका अलावा प्राकृतिक सम्पदाहरूको प्रचारप्रसार गरी जिल्लाको दीगो पर्यटन प्रवद्र्धनमा सहयोग पुरयाउन यस्ता कार्यक्रमले सहयोग दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “यस्ता अभियान र गतिविधिले राष्ट्रिय अर्थतन्त्रमासमेत महत्वपूर्ण टेवा पु¥याउने छ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

    त्यस अवसरमा सांसद उर्मिला माझीले जनताको अवस्था बदल्न सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले लमजुङको विकासमा सबै एकजुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    गण्डकी प्रदेशका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले लमजुङ जलविद्युत् पर्यटन क्षेत्रको हिसावले परेको धारणा राख्नुभयो । लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठले पछिल्लो समयमा जिल्लामा सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो । स्थानीय उत्पादन, जडीबुटी तथा परम्परागत सीप र प्रविधिको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

    महोत्सवमा दुई सय एक वटा प्रदर्शनीकक्ष राखिएको छ । महोत्सव दुई लाखले अवलोकन गर्ने र करिब रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव सुरुअघि लमजुङका विभिन्न जातजातिहरुको झाँकीसहितको ¥याली निकालिएको थियो । महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.