• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

नातिपुस्तासँगै रिपोटिङमा दौडिनुहुन्छ असीवर्षे पत्रकार छेत्री


  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
  • झापा २७ चैत 

    Advertisement

    काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन । “बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,” भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन । मोटरसाइकल हाँकेर झापाको उत्तरी भेग बाहुनडाँगीदेखि दक्षिणको गौरीगञ्जसम्म कलम, कापी र मोबाइल बोकेर फिल्ड रिपोर्टिङमा हिँड्नुहुने छेत्री भन्नुहुन्छ, “एक दिन फिल्ड नगई घरमा बस्नु प¥यो भने दिक्क लाग्छ । स्थलगत रिपोर्टिङमा गएपछि नयाँ समाचार भेटिन्छ । नयाँ मानिस र परिवेशसँग घुलमिल भइन्छ । त्यसमै आनन्द लाग्छ ।”

    उहाँ अहिले पनि काठमाडौँबाट प्रकाशित ‘द हिमालयन टाइम्स’ अङ्ग्रेजी दैनिक र झापाबाट प्रकाशित ‘नयाँ सन्दर्भ साप्ताहिक’ पत्रिकामा उहाँ नियमित समाचार लेखन र सम्पादन गरिरहनु भएको छ । असीवर्षे पाको उमेरमा यसरी मोटरसाइकल हाँकेर गाउँ गाउँ पुग्ने झापाका अग्रज पत्रकार छेत्रीको जोस, जाँगर र पत्रकारिताप्रतिको लगाव उहाँको नाति पुस्ताका पत्रकारहरुका लागि प्रेरणादायी बनेको छ । कुनै ठूलो घटना भयो या कुनै सभाको आयोजना भएको थाहा पाउने बित्तिकै उहाँ समाचारका लागि घटनास्थलमै पुग्न रुचाउनुहुन्छ । नयाँ पुस्ताका पत्रकारहरु फिल्डमा जाँदा छेत्रीलाई पछ्याउन रुचाउँछन् । सक्रिय पत्रकारिता जीवनको ५५ वर्षे अनुभवहरु सुन्न र जान्न समेत नयाँ पुस्ताका पत्रकारहरु उहाँसँगै रिपोर्टिङमा जाने गर्छन् ।

    पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभव

    २००१ जेठ २ गते धनकुटामा जन्मनुभएका छेत्री बुबा टेकबहादुर थापा र आमा कृष्णमाया थापासँगै १८ वर्षको किशोर उमेरमै भद्रपुर बसाइँ आउनुभएको थियो । भद्रपुरको तत्कालीन मेची इन्टरकलेज (हाल मेची बहुमुखी क्याम्पस) मा स्नातक तहसम्म अध्ययन गर्नुभएका उहाँले २०२५ सालमा भद्रपुरबाट प्रकाशित ‘युवक साप्ताहिक’बाट पत्रकारिता प्रारम्भ गर्नुभएको थियो ।

    उहाँले पञ्चायती व्यवस्थाको निरङ्कुश शासनकालदेखि प्रजातन्त्र र गणतन्त्रकालीन शासन व्यवस्थाको पत्रकारिताको अनुभव हासिल गर्नुभयो । “निर्दलीय पञ्चायती व्यवस्थामा राज्य नियन्त्रित पत्रकारिता थियो,” उहाँले उसबेलाको पत्रकारिता अनुभव सुनाउँदै भन्नुभयो, “राजपरिवार र सत्ताधारी पञ्चहरुका बारेमा नकारात्मक समाचार लेख्यो भने सिधै मुद्दा लगाएर जेलमा कोचिदिन्थे । तैपनि कतिपय पत्रकारहरुले निडर भएर सत्ताको विरोध र प्रतिबन्धित राजनीतिक दलहरुको समर्थनमा समाचार र विचार सम्प्रेषण गर्दथे ।”

    अहिले प्रविधिमा आएको क्रान्तिले पत्रकारिता गर्नका लागि सहज माध्यम र उपकरणहरु उपलब्ध भएको उहाँको बुझाइ छ । अहिलेजस्तो हातहातमा मोबाइल, कम्प्युटर र इन्टरनेट नभएको जमानामा हातैले लेखेका समाचारलाई चिट्ठीमा हालेर हुलाकबाट काठमाडौँमा रहेको पत्रिकाको कार्यालयमा पठाउने गरेको उहाँको कतिपय अनुभूति सुन्दा धेरैलाई दन्त्यकथा जस्तो लाग्छ । “समाचार लेखेर हुलाकबाट पत्रिकाको कार्यालयमा पठाउनु पथ्र्यो,” उहाँले सुनाउनुभयो, “हप्तामा एउटा बार पत्रिका प्रकाशित हुन्थ्यो । हुलाकबाट पठाउँदा ढिलो हुन्छ भन्ने लाग्यो भने चन्द्रगढीमा आकाशवाणी (आवा) को अफिसमा गएर छोटो साङ्केतिक खबर पत्रिकाका सम्पादकलाई पठाउँथ्यौँ ।”

    छेत्रीले पत्रकारिता गरेको सुरुका दुई दशकसम्म आम नेपालीमा रेडियो र टिभीको पहुँच न्यून थियो । सडकहरु बनेका थिएनन् । बनेका सडकमा पनि पुल थिएनन् । यातायातका साधन नहुँदा दिनभरि हिँडेर फिल्ड रिपोर्टिङ गर्नु परेको उहाँले बताउनुभयो । स्थानीय पत्रपत्रिका र पत्रकारहरुको सङ्ख्या पनि थोरै थियो ।

    झापामा पत्रकारिताको पहिलो अभ्यास गर्ने ऐतिहासिक व्यक्ति स्व श्यामकृष्ण उपाध्याय हुनुहुन्थ्यो । उहाँले २०१० सालमा पहिलो साप्ताहिक पत्रिका ‘केटो’ र २०२१ सालमा दोस्रो पत्रिका ‘युवक’ प्रकाशित गर्नुभएको थियो । पत्रकार छेत्रीले स्व श्यामकृष्ण उपाध्यायलाई गुरु मानेर ‘युवक’बाट पत्रकारिता थालनी गर्नुभयो । उपाध्यायले २०२७ सालदेखि ‘आलोक’ नामक अर्को साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गर्नुभयो । ‘आलोक’मा छेत्री लामो समय कार्यरत हुनुभयो ।
    पञ्चायतकालमा भद्रपुर झापाको प्रशासनिक र राजनीतिक सदरमुकाम मात्र नभएर पत्रकारिता र साहित्यको समेत केन्द्रविन्दु थियो । अधिकांश पत्रपत्रिका भद्रपुरबाटै प्रकाशित हुन्थे । २०३० सालमा भद्रपुरबाट चुडामणि रेग्मीले ‘युगज्ञान’ नामक साप्ताहिक पत्रिका सुरु गर्नुभयो तर रेग्मी मेची क्याम्पसको प्राध्यापक समेत रहनुभएको हुँदा प्रशासनले उहाँलाई पत्रिकाको सम्पादक बन्न विभिन्न बाधा–व्यवधान खडा ग¥यो । त्यहीबेला छेत्रीले ‘युगज्ञान’को सम्पादक बनेर पत्रकारितालाई अघि बढाउनुभयो ।

    उहाँले पञ्चायतकालीन काठमाडौँको ‘नयाँ सन्देश’, ‘जनमञ्च’, ‘विमर्श’लगायत लोकप्रिय र प्रजातान्त्रिक धारका पत्रपत्रिकामा समाचारदाता बनेर काम गर्नुभयो । निर्दलीय कालका नरोकिएको उहाँको पत्रकारिता यात्रा २०४६ सालमा प्रजातन्त्र बहालीपछि झन् उर्वर बनेर अघि बढ्यो । २०४९ देखि २०५२ सालसम्म गोरखापत्र दैनिकमा झापा समाचारदाता बन्नुभएको उहाँले त्यसपछि गृहजिल्लामै नयाँ पत्रपत्रिका स्थापना गरेर नेतृत्व गर्नुभयो । २०५२ सालमा उहाँकै सम्पादकत्वमा ‘पूर्वाञ्चल दैनिक’को प्रकाशन आरम्भ भयो । विर्तामोडबाट प्रकाशित ‘अर्जुनधारा दैनिक’को उहाँ संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो । भद्रपुरको पहिलो रेडियो ‘नागरिक एफएम’को उहाँ संस्थापक प्रबन्ध सम्पादक हुनुहुन्थ्यो । उहाँले राजधानीबाट प्रकाशित ‘अन्नपूर्ण पोष्ट’को समेत झापा समाचारदाता भएर कार्य गर्नुभयो । हाल भद्रपुरबाट उहाँकै प्रधान सम्पादकत्वमा ‘नयाँ सन्दर्भ साप्ताहिक’को नियमित प्रकाशन भइरहेको छ । स्थानीय पत्रिकासँगै उहाँ हाल काठमाडौँको अङ्ग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’मा कार्यरत हुनुहुन्छ ।

    पत्रकारिताका अथक योद्धा

    समाजको ऐना मात्र नभएर पत्रकारिताले समाज रुपान्तरणको माध्यमका रुपमा पहिचान बनाएको छ । पत्रकारिता लोकतन्त्रको मानक भए तापनि विभेदकारी बन्न नहुने उहाँको दृढ धारणा छ । पञ्चायतकालमा सत्ता पक्षधरताले प्राथमिकता पाए जस्तै अहिले राजनीतिक दलहरुको पक्षधरताले गर्दा पत्रकारिता जनमुखी बन्न नसकिरहेको उहाँको भनाइ छ ।

    नेपालका पुराना पत्रकारहरु हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, शिवबहादुर कार्की, रमेशनाथ पाण्डे लगायतको समकक्षी पत्रकार गोविन्दचन्द छेत्रीले २०३१ सालमा मेची अञ्चल पत्रकार सङ्घको पहिलो सभापति बनेर पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । उहाँ २०४९ सालमा नेपाल पत्रकार महासङ्घ झापाको एक कार्यकाल अध्यक्ष, २०६१ देखि २०६७ सम्म नेपाल प्रेस युनियन झापाको दुई कार्यकाल सभापति, २०६५ देखि २०६७ सम्म नेपाल पत्रकार महासङ्घको केन्द्रीय सल्लाहकार र २०७३ सालमा प्रेस क्लब भद्रपुरको अध्यक्ष हुनुभयो ।

    पञ्चायतकालमा प्रजातन्त्र बहालीका लागि पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गर्नुभएको छेत्रीले जनप्रतिनिधि र शिक्षकका रुपमा पनि सेवा गर्नुभयो । २०३८ सालमा भएको नगर निर्वाचनमा उहाँ प्रजातन्त्र पक्षीय उम्मेदवार बनेर भद्रपुर नगरपञ्चायतको उपप्रधानपञ्च निर्वाचित हुनुभयो । “जनप्रतिनिधि र शिक्षक भएर काम गर्दा पनि मैले पत्रकारिता पेसालाई भने अक्षुण्ण राखेँ,” उहाँले भन्नुभयो, “२०३९ सालमा म कार्यवाहक प्रधानपञ्च बनेको थिएँ । त्यहीबेला बिपी कोइरालाको निधनको खबर आयो । नगर पञ्चायतमा केही सदस्यको विमति हुँदाहुँदै मैले बिपीको निधनमा शोक व्यक्त गर्न एक दिन नगरपालिका बिदा गर्ने घोषणा गरेँ । धेरैले मेरो यो निर्णयलाई अविस्मरणीय मानेका छन् ।”

    पत्रकारिताले परिवारको गर्जो टार्दैन भन्ने बुझ्दा बुझ्दै पनि उहाँले पेसाबाट कहिल्यै पलायन हुने सोच्नु भएन । बरु अरू पेसा समेत गरेर पत्रकारितालाई धानिरहनुभयो । २०२१ देखि २०२८ सम्म उहाँ भद्रपुरको शारदा माध्यमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । राजनीति र शिक्षण पेसामा प्रशस्त अवसर हुँदाहुँदै पनि उहाँले पत्रकारितालाई नै आजीवन पेसा बनाइरहनु भएको छ ।

    पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरुप सङ्घसंस्थाहरुबाट उहाँलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ । त्यसो त पत्रकारिताकै कारण सत्ताधारीहरुले उहाँलाई हिरासतमा राखेका छन्भने मुद्दा लगाएका छन् । “२०२५ सालतिर झापामा एसपी शैलेन्द्र काण्ड मच्चियो । भद्रपुरमा सरकारविरोधी जनप्रदर्शन चर्कियो,” उहाँले पुरानो घटना सम्झँदै भन्नुभयो, “अञ्चलाधीश मनमोहन मिश्रको आदेशले मलाई पक्राउ गरियो । अञ्चलाधीश र जिल्ला प्रहरी कार्यालयमा बयान दिनुप¥यो । त्यसबेला पञ्चायतको विरोध गरेको आरोपमा सिधै जेल पठाउने चलन थियो ।”

    युगज्ञान साप्ताहिकको सम्पादक रहेको बेला ‘जिल्ला पञ्चायत सदस्य मोहनलाल अग्रवाल फरार’ भएको भन्ने समाचार प्रशासनले झुटो जानकारी दिएर प्रकाशित गर्न लगाएको थियो । त्यसको खण्डन छाप्दा अञ्चलाधीशले झुटो मुद्दा लगाएर उहाँलाई एक महिनासम्म तारिख धाउन बाध्य बनाए । २०६२÷६३ सालको दोस्रो जनआन्दोलनका बेला सत्ता हत्याउने माघ १९ को शाही कदमको विरोधमा नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा चन्द्रगढीमा प्रदर्शन गर्दा उहाँसमेत दर्जनौँ पत्रकारलाई तत्कालीन शाही सरकारले पक्राउ परेर एक दिन हिरासतमा राखेको नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले बताउनुभयो ।

    छेत्रीले कोशी प्रदेश पत्रकारिता पुरस्कार, श्यामकृष्ण स्मृति पत्रकारिता पुरस्कार, एसएल शर्मा स्मृति पत्रकारिता पुरस्कार, ओमसाई पाथीभरा स्वास्थ्य पत्रकारिता पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार, भद्रपुर नगर पत्रकारिता पुरस्कार, मोतिराम पत्रकारिता पुरस्कारलगायत दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएको छ ।

    चन्द्रकला भण्डारी 

    मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.