• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

व्यासमा जेठ १ गतेदेखि प्लास्टिक झोला निषेध


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  •  

    Advertisement

    दमौली (तनहुँ) ११ वैशाख 

    तनहँुको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ जेठ १ गतेदेखि सबै प्रकारका प्लास्टिकका झोला प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको हो ।

    नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले राससलाई जानकारी दिनुभयो । सामान खरिद गर्दा कपडा, फाइबर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले नगरवासीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्लास्टिकका झोलाले वातावरण प्रदूषित बनाइरहेको छ । यसको विकल्पमा अन्य झोलाहरु प्रयोग गर्न प्रोत्साहन गरेका छौँ ।”

    व्यापारीलाई प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोलामात्र बिक्रीवितरण गरी प्लास्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन न्यौपानेले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले प्लास्टिक झोलामुक्त नगर बनाउने अभियान धेरै पहिलादेखि लागू गर्न खोजेका हाँै, तर सफल हुन सकेको छैन । अब कडाइका साथ लाग्छाँै ।”

    विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकका झोला बढी प्रयोग
    हुनेहुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न नगरपालिकाले आग्रह गरेको छ । प्लास्टिक झोला प्रयोग गरेको पाइए वा बिक्रीवितरण गरेको पाइएमा प्लास्टिक झोला जफत गरी जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।

    जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

    व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । नगर प्रमुख न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउने सङ्कल्प गर्दै शिक्षक, कर्मचारीका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिने निर्णय गरेको हो ।

    सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि यो निर्णय गरिएको प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष जीवन गुरुङले राससलाई जानकारी दिनुभयो । बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आगामी जेठ मसान्तसम्म नगर शिक्षा ऐन नियमअनुसार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिने निर्णय गरेको छ । प्रवक्ता गुरुङका अनुसार नगरपालिकाभित्रका केही विद्यालयमा अत्यन्त न्यून विद्यार्थी भएकाले त्यस्ता विद्यालयमा कक्षा व्यवस्थापन एवं समायोजन गर्नेगरी दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

    यसैगरी नगरपालिकाअन्तर्गत वडा नं ११, १०, ९, ७ मा रहेको परासर मार्ग (घाँसीकुवा–फराकचौर–अधेरीभञ्ज्याङ–माझफाँट, नरङ्गा कलेस्ती) को १०.५ किलोमिटर विश्व बैंकको सहयोगमा निर्माण हुने मार्गको टेन्डर प्रक्रिया पूरा भई निर्माण अघि बढाउने सम्बन्धमा सम्बन्धित आयोजनाका परामर्शदाताबाट प्रस्तुतीकरण भई उक्त योजनाको बाँकी रहेका करिब रु २२ करोड रकमलाई अर्को प्राथमिकताका योजनामा लगानी गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ ।

    नगरपािलकाको फोहर व्यवस्थापन एवं वर्गीकरण गर्ने काममा जनस्तरमा परामर्श दिन नियुक्त विज्ञ कृष्णप्रसाद भण्डारीबाट हाल सम्पन्न प्रगति विवरण, सुझाव बैठकमा पेस भएको र वैशाख १५ गतेदेखि वडामा फोहर वर्गीकरण अभियान प्रारम्भ गर्ने निर्णय भएको जनाइएको छ ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.