• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती


  •   शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) १४ वैशाख 

    Advertisement

    राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

    यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । विसं २०६८ मा रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार काम हुन सकेको छैन ।

    सङ्घीय सरकारले सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ । विसं २०७८ कात्तिक ५ गते निर्माण कम्पनीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि वडा नं ९ को फल्लेघरसम्म को २२ किलोमिटर सडक ग्राभेल गर्ने गरी जिम्मा लिएको थियो ।

    सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलका लागि स्वच्छन्द÷ओमबुद्ध जेभी काठमाडौँले रु २३ करोडमा जिम्मा पाएको थियो । तीस महिनामा सक्ने गरी सम्झौता भए पनि हालसम्म आधा पनि काम हुन सकेको छैन ।

    हालसम्म २६ प्रतिशत वित्तीय र ३० प्रतिशत भौतिक प्रगति भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी दिक्षा बस्यालले जानकारी दिनुभयो । निर्माण कम्पनीको ३० महिने काम गर्ने अवधि सकिएको भन्दै म्याद थपका लागि निवेदन आएको उहाँको भनाइ छ ।

    कार्यालयले म्याद भने थपि नसकेको बस्याल बताउनुहुन्छ । निर्माण कम्पनीले चासो दिएर काम नगर्दा समयमै काम नसकिएको उहाँले बताउनुभयो । कार्यालयले बारम्बार समयमै काम सक्नका लागि ताकेता गरे पनि अटेरी गरेको छ ।

    सूचना अधिकारी बस्यालले भन्नुभयो, “निर्माण कम्पनीले काम गरिसक्नुपर्ने हो, यतिका समयसम्म प्रगति हेर्नुहुन्छ भने निकै कम छ, कार्यालयबाट धेरै पटक समयमै काम सक्नका लागि पत्राचार ग¥यौँ, तर अहिले म्याद नै सकियो, काम सकिएन, निर्माण कम्पनीले नियमानुसार म्याद थपका लागि निवेदन दिनुभएको छ, तर म्याद थप भने भएको छैन, धमाधम काम गरेको भए पहिले नै सकिन्थ्यो, ग्राभेल गर्ने मात्रै काम थियो, निर्माण कम्पनीले ढिला सुस्ती ग¥यो ।”

    सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय बढी मर्कामा छन् । दैनिक सयौँ यात्रु तथा पर्यटक जोखिमपूर्ण यात्रा गरेर ढोरपाटन पुग्ने गर्छन् । हिउँदको समयमा जसोतसो यातायातका साधन चले पनि बर्खा लाग्यो भने ठप्प हुने गर्दछन् ।

    हिउँदको समयमा पनि ठूलो वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैनन् । सडक सहज नहुँदा स्थानीयलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समेत समस्या भएको ढोरपाटन–९ का प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । ढोरपाटनदेखि बुर्तिबाङ बजार दूरीका हिसाबले छोटो भए पनि अप्ठ्यारो सडकका कारण दुई घण्टा बढी समय लाग्ने उहाँको भनाइ छ ।

    “सबैले ढोरपाटन ढोरपाटन मात्रै भन्छन्, तर यहाँ पुग्ने सडक गतिलो बनाउन सकेनन्, हामीहरु हिउँदमा धुलो खाने, बर्खामा हिलो खाने मात्रै भइयो, यात्रा गर्दा महँगो भाडा तिर्नुपर्छ, सजिलोसँग यात्रा पनि गर्न पाइँदैन, कहाँनेर दुर्घटना हुन्छ भन्दै मुटु छामेर यात्रा गर्नुपर्छ”, घर्तीले भन्नुभयो, “बाटो उस्तै साँघुरो छ, खाल्डाखुल्डीले गर्दा गाडी बीच बाटोमै बिग्रिँदा घुम्न आएका पर्यटक अलपत्र पर्ने गरेका छन्, ठेकेदारले काम गरेन भन्छन्, काम नगर्ने ठेकेदारलाई कारबाही गर्न कसले रोकेको रैछ, बुझिनसक्नु छ ।”

    एक सय ९० किलोमिटर दूरीको सालझण्डी–ढोरपाटन सडक बागलुङमा मात्रै ५० किलोमिटर पर्छ । यो सडकसँग बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरि तीन पालिका जोडिएका छन् । ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले निर्माण कम्पनीको ढिलासुस्तीका कारण यहाँका हजारौँ नागरिक र सयौँ पर्यटकले समस्या भोग्नुपरेको बताउनुभयो ।

    पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट आउने पर्यटकले बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा सहजरुपले आए पनि ढोरपाटन पुग्न निकै गाह्रो भएको गुनासो गर्ने गरेको उहाँको भनाइ छ । काम सक्नका लागि समय–समयमा ठेकेदारलाई आग्रह गरे पनि अटेरी गरेको कायत बताउनुहुन्छ ।”

    उहाँले भन्नुभयो, “बुर्तिबाङसम्म आउनका लागि अहिले कुनै समस्या छैन, जब बुर्तिबाङदेखि माथि लागिन्छ तब, यात्रुले सास्ती खेप्नुपर्ने अवस्था छ, कतै गाडी फसेर समस्या बन्दिन्छ, कतै साँघुरो सडकका कारण अप्ठ्यारो ठाउँमा जाम पर्छ, सडकको स्तरोन्नति नहुँदा अनेक समस्याले ग्रसित बनाएको छ, गाउँबाट आलु, सिमी र स्याउ बजार ल्याउन पनि उत्तिकै समस्या हुने गरेको छ, काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्नुपर्छ ।”

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.