• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु


  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
  • सिरहा २६ वैशाख

    Advertisement

    एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुडिन्छ ।

    वर्षभरि खाने अन्न र तरकारीबाली जङ्गली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका—१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।
    “वर्षभरी खोने अन्न र तरकारी खेती बँदेल र नील गाईले सखाप गरे । दुम्सी र बाँदरले पनि हैरान पारिरहेका छन् । हुर्किदै गरेका बालीनालीका कलिला मुन्टानै खाइदिएपछि अब कसरी उब्जनी हुन्छ । यहाँ त बालिनाली जोगाउनै मुस्किल भयो हजुर”, गङ्गादेवीले भन्नुभयो । उहाँका अनुसार वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारीलगायत अन्य फलफूलका बिरुवामा समेत क्षति पुर्याएको छ ।

    सोही स्थानका सुकदेव चौधरीलाई पनि आफ्नो व्यावसायिक फलफूल बगैचामा बिरुवा हुर्काउन र फल जोगाउन मुस्किल छ । पछिल्लो समय वन्यजन्तु खेतबारीमा पसेपछि निकै हैरानी खेप्नुपरेको उहाँको भनाइ छ । “लिच्ची र आँपको मात्र करिब दुई सय बिरुवा लगाएको छु । त्यसैगरि अन्य फलफूलको बिरुवा हुर्किंदै छन् तर जङ्गली जनावरबाट जोगाउनै मुस्किल भयो,” चौधरीले भन्नुभयो,“सामान्य विद्युतीय झड्का दिने तारबारले घेर्दा पनि समस्या सुल्झिन सकेको छैन । अब त स्थानीय सरकारले केही उपाय निकालेर हाम्रा बालिनाली जोगाइ दिनुपर्यो ।”

    पछिल्लो समय सिरहाका दर्जनौँ सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन् । त्यसैले स्थानीयलाई बालिनाली जोगाउन हम्मेहम्मे परेको वडाध्यक्ष गडुलबहादुर गर्जामगरले जानकारी दिनुभयो । उहाँका अनुसार चैत नलाग्दै सुरूभएको डढेलो अहिले पनि आक्कलझुक्कल लागिरहेकै छ । स्थानीयबासीले आगोेबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । त्यसैले अहिले नजिकैको वन उजाड भएका छन् । “आगोबाट बस्ती जोगाइयो तर अन्नबाली जोगाउन सकिएन । आगलागीपछि ज्यान जोगाउन खेतखलियान प्रवेश गरेका वन्यजन्तु र किसानका लागि भने हैरानीका कारण बनेका छन्”, वडाध्यक्ष गर्जामगरले भन्नुभयो,“डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् ।”
    उहाँका अनुसार अन्य समयमा पनि जङ्गली जनावर बस्ती छिरे पनि जङ्गलमा डढेलोपछि भने अहिले बाक्लै मात्रामा गाउँतिर पस्ने गरेको छन् ।

    जङ्गल डढेलोले उजाड भएपछि कतिपय जङ्गली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भेटिएको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताउनुभयो । निरन्तर लागेको डढेलोले वन्यजन्तुले जङ्गलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्ने गरेको हुनसक्ने अध्यक्ष चौधरीको भनाइ छ । “मानवले वन्यजन्तुको घरमा असर पु¥याएपछि जङ्गली जनावर बस्तीतीर पस्नु स्वभाविकै हो । हामै्र सामुदायिक वनमा अहिलेसम्म तीनपटक डढेलो लागिसक्यो जसलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्यो । अनि वन्यजन्तुले ज्यान जोगाउन त परिहाल्यो नि !” वनबाट बस्ती छिरेका वन्यजन्तुबाट बालिनाली जोगाउन र सिकारीबाट वन्यजन्तु जोगाउन निकै सकस भइरहेको बताउने चौधरीले अब स्थानीय तहले यस्ता क्रियाकलापमा सङ्लग्नहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउनुपर्नेमा आवश्यकता औल्याउनुभयो ।

    यता जिल्ला वन कार्यालय सिरहा, लहानले भने विगत दुई महिनादेखि जङ्गलमा डढेलो नियन्त्रण गर्न समस्या भइरहेका बेला मङ्गलबार रातिदेखिको सामान्य मनसुनी वर्षाले केही राहत भएको बताएको छ । हालसम्म लहान नगरपालिकाको उत्तर चुरेतर्फ ४५ सामुदायिक वनमध्ये १२ वटा सामुदायिक वनको कूल ७० हेक्टर वनमा डढेलोले क्षति पु¥याएको कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

    डढेलोका कारण बस्ती पसेर स्थानीयको बालीनालीमा क्षति पुर्याएका वन्यजन्तु र यही मौका छोपी वन जङ्गलमा चोरी सिकारी गर्नेमाथि वन कार्यालयले कडा निगरानी बढाएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

    लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले डढेलो नियन्त्रण गर्न नगरले दमकल सेवासहित आवश्यक जनशक्ति अहोरात्र खटेका र वन्यजन्तुबारेको गुनासोमा पनि आवश्यक सतर्कता अपनाइने बताउनुभयो । “मंगलबार पनि वडा नं १५ स्थित बानो गाउँको सामुदायिक वनमा आगलागी भएको खबर पाउनासाथ जनशक्ति र बारुण यन्त्रसहित म आफैँ घटनास्थल पुगेँ । स्थानीयवासी, सामुदायिक वनका सदस्य र वारुणयन्त्रको मद्दतले आगलागी समयमै नियन्त्रणमा आयो । अहिले भने वर्षाले केही राहत भएको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो ।

    उहाँ वन्यजन्तुले यहाँका किसानको बाली र तरकारीमा गरेको नोक्सानीको उचित क्षतिपूर्तिका लागि नगरपालिकाले आवश्यक योजना अगाडि सार्ने बताउनुहुन्छ । “वनमा डढेलो लाग्दा वन्यजन्तु वस्तीमा पसेर दुःख दिएको र बालिनालीमा क्षति पुर्याएको विषयमा गुनासा आइरहेका छन् । त्यस विषयमा नगरले उचित कदम चल्छ”, चौधरीको भनाइ छ ।

    रासस

    बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.