• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित


  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
  • रामपुर (पाल्पा) २८ वैशाख

    Advertisement

    पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत सामग्री बुन्ने गरिन्थ्यो । घरको आँगन, पिँढीमा बसेर बाँसका विभिन्न सामग्री घरायसी प्रयोजनका लागि तयार पारिन्थ्यो ।

    केहीले व्यापारिक प्रयोजनका लागि त केहीले घरको उपयोगको लागि मात्र बुन्ने गर्दथे । हिजोआज आँगन तथा पिँढीमा बसेर बाँसका सामग्री तयार पार्ने व्यक्ति गाउँमा खासै देखिँदैनन् । सहर नजिक भएका गाउँमा यो काम लगभग हराइसकेको छ भने डाँडाबस्तीमा भने कतैकतै देख्न सकिन्छ ।

    बाँसजन्य सामग्री तयार पार्ने चलन गाउँमा हराउँदै गएको अवस्थामा पाल्पा रामपुर नगरपालिकास्थित रामपुर आधारभूत विद्यालयले भने बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत सामग्री बुन्ने सीप सिकाउन थालेको छ । विद्यालयले पढाइलाई प्रभावित नहुने गरी बाँसका सामग्री बनाउने सीप सिकारहेको छ ।

    पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ गौतमले बाँसबाट गाउँघरमा प्रयोग हुने डोको, डालो, झोलुङ्गो, ढकिया, फोहरमलाई (डस्बिन) लगायतका विभिन्न सामग्री तयार पार्ने सीप सिकाउन थालिएको बताउनुभयो । उक्त सीप सिकाउन गौतम स्वयं प्रशिक्षकका रुपमा खटिनुभएको छ ।

    शिक्षण कार्यका अलवा पनि विद्यार्थीलाई हाम्रो दैनिक जीवनमा प्रयोगमा आउने वस्तु आफँैले उत्पादन गर्नसक्ने बनाउन, आधारभुत आवश्यकता आफ्नै सीपबाट पूरा गरुन् भनेर व्यवहारिक कुरामा जोड दिनका लागि बाँसबाट विभिन्न सामग्री सिकाउने गरिएको विद्यालयका प्रधानाध्यापक विजय शर्माले बताउनुभयो ।

    “हामीले दिनहुँ प्रयोग गर्ने सामग्री आफैँले बनाउन सीप सिकियो भने बाहिरबाट किनेर खर्च गर्नुपरेन, अर्कोतर्फ डोको, नाम्लो, डालो, झोलुङ्गो, ढकिया, फोहरमलाईलगायत सामग्री हाम्रो दैनिक जीवनमा प्रयोगमा आइरहेका हुन्छन्”, उहाँले भन्नुभयो, “निर्माणका लागि कच्चा पदार्थ गाउँमा प्रशस्त छन्, ती सामग्री उपयोगमा ल्याएका छौँ । विद्यार्थीले पनि उत्साहित भएर सीप सिकिरहनुभएको छ ।”

    पढाइमा असर नपर्ने गरी खाली समय, विशेष गरी शुक्रबार कक्षा सकिएपछिको समय सदुपयोग गर्दै सीप सिकाउने गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो । गाउँघरमा चलनचल्तीमा आएका तर घरमा बसेर सिक्ने वातावरण नहुँदा विद्यार्थीले सिक्ने वातावरण नपाएको अवस्थामा विद्यालयमा सिकाउन थालेपछि उनीहरु उत्साहित हुँदै सहभागी भइरहेका उहाँको भनाइ छ ।

    “विद्यार्थीले सामग्री तयार पारिदिएपछि आफैँ सिक्न खोज्छन्, कसले छिटो सामग्री तयार पार्ने भनेर प्रतिस्पर्धाका साथ सिकाइमा खटिएका छन्”, प्रधानाध्यापक शर्माले भन्नुभयो, “विद्यालय व्यवस्थापन समिति, अभिभावकले बाँस काटेर विद्यालयमा तयार पारिदिने गर्नुभएको छ, विद्यार्थीले विद्यालय परिसरमा बसेर बुन्ने गरिरहनुभएको छ ।”

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतमले निःशुल्क बाँसजन्य सामग्री उपलब्ध गराउनुभएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई उक्त सीप सिकाउने गरिएको छ । “सुरुका समयमा कक्षाअनुसार सिकाउन थालेका थियौँ”, उहाँले भन्नुभयो, “पछि बाँसका सामग्रीका विषयमा जानकारी दिएपछि विद्यार्थीलाई एकै ठाउँमा राखेर सिकाइरहेका छौँ ।”

    रामपुर नगरपालिकासहित पाल्पाका सबैजसो पालिकामा बाँसबाट उत्पादित सामग्रीको प्रयोग गर्ने गरिएको छ । हिजोआज गाउँघरमा बाँस काटेर सामग्री बनाउने क्रम भने कम हुँदै गएको छ । पाका पुस्ताले मात्रै बाँसबाट डोको, डालो, थुङ्से, भकारी, झोलुङ्गो, ढकिया, नाङ्लोलगायत सामग्री तयार पार्ने गर्छन् ।

    नयाँ पुस्तामाझ सीप हस्तान्तरण नहुनु, युवाले सिक्ने चाहना नगर्नु, बाँसबाट बनेका सामग्रीले राम्रो बजार मूल्य कम पाउनु, रोजगार, व्यापार, व्यावसाय तथा वैदेशिक रोजगारीलाई बढी महत्व दिँदा बाँसका सामग्री बनाउने क्रम घट्दै गएको स्थानीय बताउँछन् । गाउँमा प्रशस्त बाँस उपलब्ध भए पनि तयार पार्ने व्यक्ति नहुँदा र सिक्ने इच्छुक व्यक्ति नहँुदा खेर गइरहेका छन् ।

    गाउँका सामग्री सङ्कलन गरेर नयाँ पुस्ताले पनि सीप सिकेर आफूलाई आवश्यक पर्ने सामग्री तयार गर्न सकुन् भनेर विद्यालयले गरेको यस कार्यको प्रशंसा गर्दै स्थानीय समुदायले पनि सहयोग गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले बताउनुभयो । गाउँका वस्तु सदुपयोग गर्दै आवश्यक सामग्री निर्माण गरी प्लाष्टिकजन्य सामग्री खरिद गर्ने झन्झट हटाउन विद्यालयले यो अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।

    “अहिलेका बालबालिकालाई बाँसबाट बनेका डोको, नाङ्लो, डालो, ढकिया, भकारी, थुङ्सेजस्ता सामग्री नौलो भएका छन्, कसरी केबाट ती सामग्री बन्छन् भन्ने जानकारी नै छैन”, अध्यक्ष गौतमले भन्नुभयो, “हाम्रा पुर्खाले घरमै बुन्नुहुन्थ्यो र पो हामीले जानियो, उपयोग गरियो । अहिले घरघरमा बुन्ने काम छाड्दै गइयो, विद्यालयमा भए पनि सिकाउन सकियो भने उनीहरुले आफ्नो लागि प्रयोगमा ल्याउने छन् ।”

    घरमा बनाएको नदेखेपछि विद्यालयमा आएर सिक्न पाउँदा धेरै रमाइलो लागेको विद्यार्थी प्रयास अधिकारीले बताउनुभयो । उहाँले गाउँघरमा बाँसबाट सामग्री तयार पारेको नदेखेको भन्दै विद्यालयमा विभिन्न खालका आकर्षक सामग्री बनाएर प्रयोग गर्दा खुसी लागेको उहाँको भनाइ छ ।

    विद्यार्थी सुविन भण्डारी विद्यालयको शैक्षिक कार्य सकिएपछि बाँसका सामग्री बनाउन औधी मन पराउनुहुन्छ । उहाँलाई सो सामग्री कति बेला तयार पारेर सकुँजस्तो उत्साह भइरहन्छ । उहाँले गाउँघरमा अहिलेसम्म बाँसबाट सामग्री तयार पारेको नदेखेको बताउनुभयो । अहिले भने उहाँलाई बाँसबाट के–के सामग्री बन्छन्, कहाँ कसरी प्रयोगमा आउँछन् सबै कुराको राम्रो जानकारी छ ।

    विद्यालयले सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीको व्यवहारिक जीवनमा आवश्यक पर्ने ज्ञान, सीप, आदर, सत्कार, नैतिक शिक्षालगायत विषय पनि सिकाउने गरेको छ । यहाँका विद्यार्थीले घरमा बिहानसाँझ दैनिक भान्छामा पाक्ने तरकारी उत्पादन, घर वरिपरि फलफूल लगाउने अभ्यासको थालनी गरेका छन् ।

    विद्यालयमा हाल शैक्षिक प्रयोजनका लागि पाँचवटा भवन रहेका प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । फिल्टर गरेर खानेपानीको व्यवस्था, शौचालय, फूलबारी बगैँचा, शान्त र मनोरम वातावरण, खेलमैदान, शैक्षिक प्रयोजनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री, बालबालिकालाई खेल्दै सिक्ने वातावरण समेत रहेको उहाँले बताउनुभयो ।

    प्रधानाध्यापक शर्माका अनुसार हाल एक सय ८४ विद्यार्थी अध्ययनरत छन् । गत वर्ष यहाँ एक सय ५३ विद्यार्थी थिए । पछिल्लो समय विद्यालयको शैक्षिक वातावरण फेरिँदै जाँदा विद्यार्थी सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । पूर्वप्राथमिक कक्षादेखि ८ कक्षासम्म पठनपाठन हुँदै आएको यस विद्यालयले पछिल्लो समय शैक्षिक क्षेत्रमा फड्को मारेको छ । अहिले यो विद्यालय अवलोकनका लागि विभिन्न स्थानबाट शिक्षा तथा विद्यार्थीको समूह आउने गरेका विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

    प्राथमिक तहअन्तर्गत स्थायी दरबन्दीमा चार, प्रावि र आधारभूत तह (कक्षा १ देखि ८ सम्म) राहत दरबन्दीमा एक÷एक, आधारभूत तह अनुदान कोटामा एक, बाल विकास सहजकर्ता एक र निजी स्रोतबाट नौ जना शिक्षक कार्यरत रहेका विद्यालयले जनाएको छ ।

    रासस

    शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.