• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

बरञ्जाको सात वर्ष पुरानो धुलेमेला


  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
  • म्याग्दी १८ जेठ

    Advertisement

    म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरञ्जाका बासिन्दाले सात वर्ष पुरानो धुलेमेला मनाउने परम्परालाई निरन्तरता दिएका छन् । स्थानीयले हरेक वर्ष जेठमा चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्लबारदेखि तीनदिनसम्म धुलेमेला मनाउने गर्दछन् ।

    बरञ्जा गाउँका ५४ वर्षीय कुरिया मगरले प्रत्येक वर्ष जेठमा चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबारदेखि यो मेला मनाउने गर्दछन् । यस वर्ष जेठ १५ गतेदेखि सुरु भएकामा बिहीबार सकिएको मङ्गला–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बरञ्जा क्षेत्रमा तत्कालीन समयमा आएका ५४ घर कुरिया मगरले विसं १३१२ मा थर्पुमा कोतघर निर्माण गरेसँगै धुलेमेला मनाउन थालेको तथ्य भेटिएको छ । “१३औँ शताब्दीदेखिको धुलेमेला मनाउने परम्परागत सांस्कृतिक पर्वलाई जिवन्त राख्न निरन्तरता दिएका छौँ”, वडाध्यक्ष रोकाले भन्नुभयो, “दिवङ्गत आफन्तहरुको पितृ उद्धारका लागि सात सय वर्षअघि मनाउन थालिएका धुलेमेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रूपमा निरन्तरता दिएका छन् ।”

    बरञ्जाका ५४ कुरिया मगरको बस्ती विस्तारसँगै राम्जाली रोका, बझाङी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राई घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौ थरका पुर्खा मिलेर घुम्दै हतियार धनुष वाँण बोकेर जङ्गली जनावरको सिकार गर्दै तरुल, भ्याकुर खोजेर खाँदै आफ्ना परिवारसहित बरंजामा पुगेपछि बस्नका लागि उपयुक्त स्थान देखेपछि यही क्षेत्रमा बसाइँ बसेको किम्बदन्ती रहेको धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाले बताउनुभयो ।

    मुख्य गरेर तीन दिन मनाइने मेलाका लागि नौ दिनअघि पौराणिक विधि पूरा गरी जाँड राखेपछि सुरुआत भएको मानिने उहाँले बताउनुभयो । “पहिलो दिन बरञ्जाको फेदीमा बग्ने अर्जेखोलामा गएर माछा सिकार गरी ल्याएर विधिपूर्वक पितृलाई चढाएपछि बरञ्जाको धुलेमेला मान्ने समुदाय बसोबास भएको क्षेत्रमा खेतीपातीका काम बन्द गर्ने (बार्ने) गरिन्छ”, समितिका अध्यक्ष रोकाले भन्नुभयो, “पहिलो दिन पितृ चढाउने र काम बार्ने, दोस्रो दिन पराङ हाल्ने र अन्तिम दिन मुख्य विधि गरेपछि यस वर्षको धुले औपचारिकरूपमा समापन हुन्छ ।”

    धुलेमेला पर्व मनाएपछि बरञ्जा गाउँमा बर्खेबाली लगाउने खेतीपातीको काम खुल्ने रोकाको भनाइ छ । पितृ चढाएपछि तीनदिनसम्म नुहाउने, धुने तथा घरबाहिरको खनजोतलगायत कार्य गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइने गरिन्छ । धुलेमेलाको समयमा मेला तथा पूजा हुने कोतघर नजिक ५४ कुरियाबाहेकका अन्यलाई जान निषेध गरिन्छ ।

    बरञ्जाका घर्ती, रोका, बुढाथोकी र पुनमगर समुदायका ५४ घरधुरीले आफ्नो क्षेत्रमा परम्परागत नियम बनाउने क्रममा धुलेमेलाको नामकरण गरेका महेन्द्ररत्न आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र रोकाले बताउनुभयो ।

    अन्तिम अर्थात् समापनका दिन ५४ कुरिया मगरको कोतघरभित्रका पाका पुस्ताले एक सय १२ श्लोक गीत गाउने र उक्त गीतका श्लोक गाइसकेपछि साँझ धुलेमेला समापन हुन्छ । धनुषवाण समातेर दर्शकलाई मनोरञ्जन दिने प्रचलन रहेको छ । मङ्गलाका अध्यक्ष रोकाले म्याग्दीको मौलिक संस्कृति र परम्परा मानिएको धुलेमेलाको मौलिकता जोगाउन प्राथमिकता दिइएको बताउनुभयो । मेलाका क्रममा पराङ हाल्ने, पहाडमा जाने पदमार्ग बनाउन र थर्पुकोतघर संरक्षणमा पालिकाले सघाएको उहाँको भनाइ छ ।

    महेन्द्ररत्न मावि बरंजाका शिक्षक गणेश पुनले धुलेमेलामा गाइने गीत र नाचिने माकुर नृत्यको कला र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले पुस्ता हस्तान्तरण र संस्कृति संरक्षणका लागि पनि परम्परागत यस्ता मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.