चितवन,चितवनको माडी नगरपालिका–८ खरकट्टामा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।सिन्धुली घर भई माडी–८ शिव द्वारस्थित मगर होमस्टेमा काम गर्ने वर्ष ४० को साइला भन्ने मिलन लामालाई आज बिहान साढे ३ बजे स्थानीय रामचन्द्र ढकालको खेतमा आक्रमण गरेको हो ।
गैंडाको आक्रमणबाट परी घाइते भएका लामाको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । लामाको छातिको बायाँपट्टि गहिरो चोट लागेको र अवस्था मध्यम रहेको प्रवक्ता रिजालले बताए ।




