• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

संघाईले दिनेशलाई दिएको सन्तुष्टी


  •   बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
  • चितवन । तीन दशक काटेका उनलाई भेटेका जो कोहीले पनि सम्झने उनको विशेषता हुन् – पातलो शरीर, गालामा टम्म दारी, हंसिलोपन र मिलनसार स्वभाव । झण्डै डेढदशक अघिदेखि राजनीति र फार्मेसी दुई भिन्न क्षेत्रमा आफ्नो आवद्धतालाई निरन्तरता दिएका छन् उनी । भरतपुरको चौबिसकोठीबाट हस्पिटल रोड जाने सडक शुरू हुने वित्तिकै बायाँ पट्टी साँघाइ मेडिकल हलमा जो कोहीको पनि आँखा पर्छ । त्यहीँ जम्काभेट हुन्छ यी खिरिलो शरीरका दारीवाल दिनेश पौडेलसँग । बिहानदेखि बेलुका अबेरसम्म नै उनको समय त्यहीं बित्ने गरेको छ ।
    राजनीतिमा पनि उत्तिकै दख्खल छन र फार्मेसी पेशामा पनि अब्बल उनी अहिलेको यो अवस्थामा त्यसै पुगेका होइनन् । जीवनको उत्तारचढाव भोगे । परिश्रम र कामको निरन्तरता अपनाए । उनलाई यहाँसम्म ल्याउन यिनै कुरा मूलमन्त्र बने जसले भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीका उनलाई संघाई मेडिकल हल मालिक बनायो।
    उनको विगत र संघर्ष जति प्रेरणादायी छ परिवारको आर्थिक अवस्था भने त्यस्तो दयनीय छैन । बाबुका दुईसन्तान त्यसमध्ये पनि कान्छो छोरा दिनेशलाई पैसा र मायाको कमी हुने कुरै भएन । भरतपुर महानगरपालिकामा पुरानै बासिन्दा , आफूलाई पुग्ने खेतबारी र बाबुको सरकारी शिक्षकको जागिरले पनि उनी आर्थिक हैसियत पनि राम्रै हुने नै भयो । ‘मेरो परिवारमा मै अभाव र दबाब कहिल्यै झेल्नु परेन, मलाई अभाव भन्ने कुन चराको नाम हो त्यो बेलामा के थाहा ? तर सानैदेखि म आफै केही गर्नुपर्छ भन्ने अठोट चाहीं थियो । ’ दिनेश बाल्यकालमा फर्कन्छन ।

    Advertisement

    त्यसो त उनी अध्ययनमा पनि उत्तिकै अब्बल थिए । प्राथमिक शिक्षा प्रेमवस्ती स्कुलबाट लिएका उनको अध्ययन अब्वल थियो । त्यसैले उनको उच्च शिक्षा पढ्ने बाटो बन्यो भरतपुरको स्कुल अफ हेल्थ साइन्स। ‘त्यसपछि महिला मेडिकल फिल्ड पढ्ने सानैदेखिको मेरो ईच्छा थियो अनि भर्ना भएँ’ मेडिकल क्षेत्रमा प्रवेश गर्दाको समय उनी सम्झिन्छन । पढाईमा अब्बल उनी आफ्नो राजनीीतक इच्छा र अठोटलाई पनि अघि बढाउँदै लगे । ‘म श्री मेडिकल कलेजको नेपाल विद्यार्थी संघ, कलेज इकाईको अध्यक्ष पनि भए विद्यार्थीको समस्यामा म सधै सारथी बनिरहें’ उनी भन्छन् ।

    स्कुल अफ हेल्थ साईन्सबाट १२ पास गरेपछि भने उनी भरतपुरकै श्री मेडिकल कलेजमा व्याचलर इन फार्मेसी भर्ना भए । त्यतिवेलासम्म उनले जिल्लामा राजनीतिमा समेत अलग छाप बनाईसकेका थिए । त्यसपछि उनी नेविसंघको जिल्ला उपाध्यक्ष हुंँदै अध्यक्ष पनि बने । उनी विद्यार्थी आन्दोलन , पार्टीको आन्दोलन र ०६२÷६३को आन्दोलनमा पनि उत्तिकै सक्रिय र अगुवाई गरिरहे । ‘म विद्यार्थीको ०६२÷०६३को आन्दोललनमा नेतृत्व पंत्तिमै थिएं , मेरो कानबाट गोली गएको मलाई हिजो जस्तै लाग्छ ।‘ उनी सम्झन्छन् । व्याचलर इन फार्मेसी पढ्दा पढ्दै काम पनि गर्दै आएका उनले भरतपुरका केही निजी अस्पताल र भरतपुर सरकारी अस्पतालको फार्मेसी विभागमा काम गरेको राम्रो अनुभव पनि छ ।

    फार्मासिष्ट बनिसकेका उनले भरतपुरको क्यान्सर अस्पताल अगाडि एकदशक अघि सञ्चालनमा आएको द तीर फार्मेसी, दुईबर्ष अघि चौबीस कोठीमा सञ्चालनमा आएको सांघाई मेडिकल हल र औषधिको थोक विक्रेता तीर सप्लायर्स सम्हालिरहेका छन । उनी व्यवसायमा मात्रै सक्रिय छैनन ,
    समाजसेवामा पनि उत्तिकै सक्रिय देखिन्छन् र राजनीतिलाई पनि सँगै लगेका छन् । पार्टीले गरेको र अह्राएको जुनसुकै काम पनि उनी छुटाउंदैनन । ‘म भुकम्पमा गोर्खा राहत सामाग्री लिएर गएँ । चितवनको हरेक दुर्गम वस्तीमा स्वास्थ्य शिविर राखिन की, रक्तदान कार्यक्रम त कति गरियो कति गरियो । ’ उनी गर्वसाथ सुनाउँछन् ।

    हाल उनी सांघाई मेडिकल हलमा बिहान सबेरै र राती अबेरसम्म आफूलाई सक्रिय गराइरहेका छन । ‘राजनीति त विशुद्ध समाजसेवा हो’, उनको बुझाइ छ । ‘राजनीतिलाई निरन्तरता दिन र आफू बांच्न पनि व्यवसाय त गर्नै पर्यो ।’ उनले जसरी राजनीति उचाई प्राप्त गरे त्यतिनै फार्मेसी व्यवसायमा पनि फड्को मारेका छन । यस क्षेत्रमा लागे पछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।पछिल्ला दुई वर्षको अवधिमा उनको पसलमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । दैनिक दुई सयभन्दा बढी सेवाग्राही उनकोमा औषधि किन्न पुग्छन् । जुनसुकै कम्पनी र जुनसुकै बिरामीका लागि औषधि एकै ठाउंँमा पाइने भएकोले पनि भीड हुने गरेको दिनेशको बुझाइ छ ।
    ‘बिरामीले खोजेकै ब्राण्डमा आौषधि दिन्छौं , त्यसले पनि धेरैलाई आकर्षित गरेको छ ।डाक्टरले जुन ब्राण्डको औषधि लेख्छन, बिरामीले त्यही ब्राण्डको खोज्नुहुन्छ, हामी बिरामीले खोजेकै औषधि दिन्छौं ।” दिनेश भन्छन् । यही विशेषताले गर्दा थाईराईड, उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घरोगको नियमित औषधि खानेहरु पाँच सय जनाभन्दा बढी साङ्घाईका नियमित सेवाग्राही भएको उनको दाबी छ ।
    बिहान ६ बजेदेखि राती १० बजेसम्म सेवा दिने साङ्घाईमा आएपछि यो औषधि पाईदैन भन्ने नभएकै कारण आफूलाई सफलता मिलेको दिनेशको अनुभव छ । ‘म अरुले खोल्नुभन्दा अघि पसल खोल्छु, अरुले बन्द गरेपछि मात्र पसल बन्द गर्छु’ उनी व्यवसायिक भिजन र सेवा बारे प्रष्ट हुन्छन।
    भरतपुर १२ स्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजबाट बीफर्माको अध्ययन पूरा गरेपछि उनले बिसं. २०७१ सालबाट भरतपुर अस्पतालमा फर्मासिस्टको जागिर खाए । अस्पताल विकास समितिको करार पदमा रहेर उहाँले ६ वर्ष बिताए । तर मेडिकल क्षेत्रबाट आत्मसन्तुष्टि भने अहिले उनलाई मिलेको छ ।

    त्यसो त दिनेशको बि.सं. २०६८ सालमा नै दर्ता भएर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि सञ्चालनमा रहेको तिर फार्मेसी थियो । फुर्सदको समयमा आफूले हेर्ने र अन्य समयमा उनका दाजुले हेर्दै आएका तिर फार्मेसीलाई अहिले थोक पसलका रुपमा विस्तार गरेका छन ।
    हाल नेपाल स्वास्थ्यकर्मी संघ चितवनको सहसचिव रहेका राजनीतिमा पनि उत्तिकै दिलचस्पी राख्छन । ‘म जति औषधिमा अपडेट राख्छु त्यति नै राजनीतिमा अपडेट छु ।’ उनी सुनाउँछन् ।

    उनलाई पढ्न र काम गर्न विदेश जाने अफर नआएको होइन । तर उनले कहिल्यै विदेश जाने मन गरेनन । ‘विदेश त नलेज र घुम्न जाने ठाउंँ हो काम त आफ्नै देशमा गर्नुपर्र्छ ।’ देशभक्तिको भाव उनमा सहजै झल्किन्छ । हाल उनको सबै फार्मेसीमा गरी ७ जना बढीले रोजगारी पाएका छन भने २० वटा भन्दा बढी औषधि कम्पनी डिलरसीप लिएका छन उनले ।
    आगामी दिनमा फार्मेसीलाई थप विस्तार गर्दै स्वदेशमा उद्यमशील र रोजगारी सिर्जना गर्ने उनको धोको छ । ‘गरे के हुंँदैन ,गर्ने नै आफ्नै देशमा हो, मर्ने पनि स्वदेशमै हो । ’उनको बुझाई छ ।
    सयौं युवा दैनिक काम र मामको लागि भौतारिदै देश छोड्दा उनी राज्यप्रति पनि गुनासो राख्छन । ‘युवाशक्ति भनेको राज्यको सम्पत्ति हो । ‘हाम्रै छिमेकी भारत आर्थिक रुपमा कति अब्बल छ हामी भने झन् तल तल भएका छौं सरकारले उत्पादन गर भनेर मात्रै हुंँदैन उपभोग गर्ने लक्षित वर्गलाई पनि रोक्नु पर्छ ।’ उनको निष्कर्ष छ ।

    ‘दैनिक दिनेश जस्ता सयौं युवा रोजगारको लागि विदेशिएर देश रित्तिदै गएका बेला यिनको मेहनत र लगाव र ईच्छाशत्तिले देशमै अन्य युवालाई पनि केही गर्ने वातावरण प्रेरणा मिल्यो भने अवश्य पनि देशक मुहार फेरिनेमा दुईमत छैन ।’

    बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.