चितवन महोत्सवमा भोली पनि विविध सांस्कृतिक कार्यक्रम हुने, हिमेश पन्त र सुजिता श्रेष्ठ आउँदै
चितवन स् उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको छैठौं दिन भोलि माघ १ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।




