काठमाडौं, प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रर प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएका छन्।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएको विषयमा प्रतिपक्षीहरूले विरोध जनाएका हुन्।
आकस्मिक समयमा बोल्न नाम टिपाए पनि खतिवडालाई शुन्य समयको कारबाहीपछि पनि बोल्न समय दिएको विरोधमा रास्वपा र माओवादीले विरोध गरेका हुन्।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।




