देबघाट ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले कालीगण्डकी डाइभर्सन कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।
देवघाटमा आज आयोजित कार्यक्रममा सांसद भण्डारीले सो कुरा बताउनु भएको हो । देवघाट र कालीगण्डकी नदीको विशेष धार्मिक महत्व रहेको हुँदा त्यसलाई जोगाएर राख्नुपर्नेमा सांसद भण्डारीको जोड रहेको थियो । कालीगण्डकीलाई डाइभर्सन गरेको खण्डमा देवघाटधामको पैवनभुमिको अस्तित्व समेत संकटमा पर्ने सांसद भण्डारीको भनाई रहेको थियो ।
कालीगण्डकी डाइभर्सन गर्दा विश्वभरिका हिन्दूहरुको भावनामा समेत चोट पुग्ने र कालीगण्डकीको सभ्यता नै नाश भएर जाने जिकिर समेत सांसद भण्डारीको रहेको थियो । कालीगण्डकी डाइभर्सन रोक्नका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेको र आम नागरिकले समेत साथ दिनु पर्नेमा समेत सांसद भण्डारीले जोड दिनु भएको थियो ।
कार्यक्रममा देबघाटका पिठाधिसहरूले एकै श्वरमा राजनितीकर्मीको लाचारीपनले जनताले दुख पाएको भन्दै नेताहरूको चर्को आलोचना गरेका छन् ।उनीहरूले नेतालाई सबक सिकाउन र धर्म रक्षाको लागी एक भएर प्रतिबादको लडॅाई लड्न आब्हान समेत गरे ।कुनै हालतमा कालीगन्डकीमा बॅाध बाध्न नदिने उनीहरूको अठोट छ।ज्ञाननन्द सरस्वरी महाराजको सभापतित्वमा स्वामी रमानन्द र महामन्डेलेश्वर आत्मनन्दले धारणा राख्नुभएको हो ।




