काठमाडौँ, केपी ओली नेतृत्वको सरकार बनेपछि नेपालको परराष्ट्र सम्बन्ध भताभुङ्ग भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।
बाराको रानीवास बजारमा बिहीबार आयोजित सर्वपक्षीय अन्तरक्रियामा उनले ओलीको सरकार बनेपछि नेपालको परराष्ट्र सम्बन्ध भताभुङ्ग भएको आरोप लगाएका हुन्।
‘म प्रधानमन्त्री हुँदा भारतसँग कति राम्रो सहमति भएका थिए । भारतसँग कतिवटा सहमति भएका थिए रु चीन, राष्ट्रसंघदेखि अन्य देशसँग यति राम्रो सम्बन्ध भएकोमा अहिले ओली आउँदा लथालिंग भताभुङ्ग भएको छ’, उनले भने, के अब सबै सरकार उस्तै हो रु तपाईहरू जस्ता जनप्रतिनिधिहरूले उस्तैउस्तै हो भनिदिनुभयो भने जनता भ्रमित हुन्छन् । यी सबै उस्तै हो भन्ने भाष्य ठिक छैन भन्ने मेरो तपाईँसँग अनुरोध छ ।’




