• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ५. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

चितवनमा प्रविधिको प्रयोग गरी रोपाइँ गर्ने किसान बढ्दै


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • चितवन, असार १६
    राप्ती नगरपालिका–१ स्थित सिमराका नवराज पाण्डेलाई धान रोप्ने समयमा रोपाहार नपाएर हैरानी हुन्थ्यो । पछिल्ला वर्षमा पाण्डेले त्यस्तो हैरानी खेप्नुपरेको छैन ।
    मेसिनले नै धान रोपिदिने भएपछि उहाँलाई धेरै सहज भएको छ । ‘मेसिनले धान रोप्न थालेको दुई वर्ष भयो’, मेसिनबाट धान रोप्दै गर्नुभएका उहाँले भन्नुभयो, ‘हिजोआज धान रोप्ने मान्छे खोज्नु परेको छैन ।’ उहाँले साढे एक बिघा क्षेत्रफलमा बर्खे र चैते धान रोप्दै आउनुभएको छ ।
    चितवनमा धानको रोपाईंमा कृषि यान्त्रिकीकरणको प्रयोग बढेको छ । चार वर्षअघि ६० बाघा क्षेत्रफलमा मेसिनबाट धान रोपेका किसानहरुले यसलाई विस्तार गर्दै लगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार धान जोन क्षेत्रमा मात्रै यसवर्ष दुई सय बिघा क्षेत्रफलमा किसानले मेसिनबाट धान रोप्दैछन् ।
    विगतमा परियोजना मार्फत भएका अभ्यासले कृषकहरूलाई यान्त्रिकीकरणतर्फ आकर्षित गराएको उहाँले बताउनुभयो । कृषिमा आधुनिकीकरण गराउँदा किसानको लागत मूल्य घट्नुका साथै उत्पादन बढ्ने हुँदा किसानले यसतर्फ विशेष चासो देखाउने क्रम बढ्दै गएको परियोजनाको भनाइ छ ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका धान जोन समन्वय समितिका अध्यक्ष तेजप्रसाद बर्तौलाले उत्पादन लागत घटाउनका लागि किसानहरु यान्त्रिकीकरणतर्फ अग्रसर भएको बताउनुभयो । कृषि यान्त्रिकीकरण र प्रविधिबाट धान उत्पादनको लागत २५ प्रतिशतले घटेको बर्तौलाको अनुभव छ । ‘हातले धान रोप्दा एक बिघा क्षेत्रफलमा १६ हजारभन्दा बढी लागत पर्दछ । मेसिनबाट पाँच हजार रुपैयाँमा धान रोपिन्छ,’ उहाँले भन्नुभयो, ‘पूर्वबाट खेतलाहरु आउन छाडे । यहाँ खेतला पाउन कठिन छ । यस्तो अवस्थामा अब किसानहरु यान्त्रिकीकरणतर्फ नगई हुँदैन ।’
    मेसिनबाट धान रोप्दा बीउको लागत समेत कम हुने उहाँले बताउनुभयो । प्रतिबिघामा ४० किलो धानको बिउ लाग्ने ठाउँमा मेसिनबाट धान रोप्दा प्रतिबिघा १२ किलो धान राखे पुग्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानको उत्पादन बढाउन र लागत कम गर्न यान्त्रिकीकरणतर्फ काम गरिरहेको छ ।
    अहिलेसम्म परियोजनाले चितवनमा आठ वटा धान रोप्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ । यस वर्षपनि परियोजनाले ८५ प्रतिशत अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराउने योजना रहेको परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिनुभयो । ‘अहिले चितवनमा धान रोप्ने मेसिनको माग बढेको छ,’ उहाँले भन्नुभयो ‘उत्पादन बढाउन र लागत घटाउन किसानहरुको माग अनुसार ८५ प्रतिशतसम्म अनुदानमा मेसिन वितरण गर्ने योजना छ ।’
    किसानलाई धान रोप्ने मेसिनतर्फ आकर्षित गर्न परियोजनाले निकै कसरत गरेको थियो । किसानको खेतमै पुगेर बीउ राखिदिनेदेखि रोप्नेसम्मको काम परियोजनाका कृषि प्राविधिकले गर्ने गर्दथे । हिजोआज भने किसानहरु आफै अभ्यस्त हुँदै गएको उहाँले बताउनुभयो । मेसिनबाट धान रोप्नका लागि ट्रेमा बिउ राख्नुपर्दछ तर अहिले चितवनका किसानले प्लाष्टिकको म्याट बनाएर पनि बीउ राख्दै आएका छन् ।
    ट्रे नभएको अवस्थामा लागत खर्च घटाउन प्लाष्टिकको म्याट उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । ‘मेसिनबाट धान रोप्दा रोपाईं एक लाइनको हुन्छ । त्यसबाट हावा छिर्न पाउँदा रोग कीरा कम लाग्ने हुन्छ,’ रेग्मीले भन्नुभयो, ‘गाँजको संख्या पनि बढी हुँदा उत्पादन बृद्धि हुन्छ ।’ जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले धानबालीलाई उच्च प्राथमिकतामा राखेर किसानहरुलाई प्रविधितर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो ।
    चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनशक्ति कम भएको अवस्थामा मेसिनले किसानलाई ठूलो राहत पुगेको बताउनुभयो । ‘नेपालमा जनसंख्या बृद्धिदर कम छ । काम गर्ने मान्छे पाइन छाड्यो’, उहाँले भन्नुभयो ‘किसानका लागि यो प्रविधि उपयुक्त र सजिलो माध्यम हो ।’
    चितवनमा २७ हजार २०७ हेक्टर क्षेफलमा वर्षे धानको खेती हुँदै आएको छ । त्यसको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ टन रहेको परियोजनाले जानकारी दिएको छ । चितवनमा सिँचित क्षेत्रफल २६ हजार ३०८ रहेको छ । त्यसमध्ये मध्यअसारमा आइपुग्दा आठ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिृकत निर्मल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुल क्षेत्रफलको दुई हजार १९८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो ।

    Advertisement

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ५.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.