काठमाण्डौ – गण्डकी प्रदेशका पूर्वप्रमुख एवम् नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ । उहाँको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरुङ वि।संं। २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो।
भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिनुभयो वि. सं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ चितवन बसाइँसराइ गरी आउनुभएको हो ।
७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । गुरुङका छोरा देश बाहिर रहनुभएकाले भोलि अन्त्येष्टि गरिने भएको छ ।




