काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
बुधबार भ्रष्टाचार मुद्दामा विशेष अदालतमा पेश गर्न उनलाई हिरासतमा लिएको हो। अधिकारीसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्राधिकरण निर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ।
भक्तपुरको नलिन्चोक हेलिकप्टर घटनासम्बन्धी भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारीस्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ। अधिकारी र भण्डारीमाथि भक्तपुरको नलिनचोकमा हेलिप्याड निर्माणसँग सम्बन्धित भ्रष्टाचारको आरोप लागेको छ।




