काठमाडौं । काठमाडौंको धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
बिहिबार अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेज नजिकै धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत अवस्थामा भेटिएका हुन् ।
मृत फेला पर्ने व्यक्ति काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बसोबास गर्दै आएका ५० वर्षीय ललित गिरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।




