काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को लागि वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति समक्ष प्रतिवेदन प्रस्तुत गरेका हुन्।
नेपालको संविधानको धारा २९४ अन्तर्गत राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउने संवैधानिक दायित्वअनुसार आयोगले उक्त प्रतिवेदन पेश गरेको हो।





