काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्ब ३६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा विशेष अदालतमा लगेको छ।
विपक्षीमा तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन्।
विमानस्थल निर्माणमा ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको संसदीय छानविन समितिको निष्कर्ष रहेको छ।




