बुटवल । रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी मुद्दाको पेशी आज पनि स्थगित गरिएको छ।
न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा मुद्दाकाे सुनुवाइ परेकाे थियाे । तर न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेकाले ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कार्तिक १३ गतेदेखि लगातार पेशी स्थगित हुँदै आएको छ।




