काठमाडाै । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज चौथो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दै चार मन्त्री नियुक्त गर्ने तयारी गरेको छ।
नियुक्त मन्त्रीहरूमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेको शीतल निवास स्रोतले जनाएको छ। इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ।
नयाँ मन्त्रीहरूले आज दिउँसो ३ बजे शीतल निवासमा शपथग्रहण गर्ने तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
यसअघि बिहीबार प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा भेटेर विस्तारका बारेमा छलफल गरेकी थिइन्।




