पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नवलपुरको अरुङणखोला बजारबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जीप आज बिहान करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हाे। दुर्घटनामा आठ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ।
मृतक ३ जनानै महिला रहेका छन् । मृतक र घाईतेको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ। घाईतेहरुलाई उपचारका लागी मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर पठाईएको पाल्पा प्रहरीले जनाएको छ।




