काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ। नव नियुक्त चार मन्त्रीले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिए। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
नवनियुक्त मन्त्रीहरूमा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ। योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।




