काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । ११औँ महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै भारी मतका साथ ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
२,२२७ ले मतदान गरेकोमा ओलीले १,६६३ मत प्राप्त गरेका छन् । ईश्वर पोखरेलले भने ५६४ मत पाए । उनीहरू बीच १,०९९ मतको अन्तर रहेको छ । नतिजाको आधिकारिक घोषणा हुन बाँकी छ ।




