काठमाडौं । ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाको नेतृत्वमा माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । प्रहरीले उनलाई माइतीघरबाट नै नियन्त्रणमा लिएको हो ।
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएका मिराज ढुंगानासहितका युवाहरुको प्रदर्शनलाई प्रहरीले तितरबितर पारेको छ । प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो ।




