काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानाको नेतृत्वमा माइतीघर मण्डलामा भइरहेको प्रदर्शनमा प्रहरीले रविकिरण हमालसहितका ५ जनालाई नियन्त्रणमा लिएको छ । सरकारमाथि दबाब दिन माइतीघर पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हाे ।
काठमाडौं प्रशासनले सो समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदििए पनि जेनजी समूहले प्रशासनको अनुमति बिना प्रदर्शन गरेपछि अभियन्ताहरू पक्राउ परेका हुन् ।




