काठमाडाैं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्षलाई पक्राउ गरेको छ ।
क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो । प्रहरीका अनुसार चिङलाई ठगीको आरोपमा पक्राउ गरिएको हो ।
यसअघि प्रहरीले क्यासिनोमा डमी खेलाडी बनाएर आँखामा लेन्स र कार्डमा चिप्स लगाएर ठगी गरेको आरोपमा प्रहरीले यसअघि क्यासिनोबाट चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको थियो । सोही विषयमा अनुसन्धानका लागि चिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अलफ्ट होटल परिसरभित्र सञ्चालित क्यासिनोमा ‘क्यासिनो इभेन्ट’ को नाममा जुवा आयोजना गरेर भारतीय समूहले ठगी कार्य सञ्चालन गरेको प्रहरीले बताएको छ ।




