काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा हुस्सु रहनुका साथै बाँकी तराई भू-भागका धेरै स्थानहरूमा कुहिरो लागेको छ ।
आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्ह सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राती तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।




