काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवाले आफैं सहभागी हुनुपर्ने बताएका छन्।
भृकुटीमण्डपमै पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन स्थल तोकिएको भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुगेका उनले सञ्चारकर्मीहरुको जवाफमा सभापति देउवा सहभागी हुनुपर्ने बताएका हुन्।
महामन्त्री शर्मासँगै भृकुटीमण्डप पुगेका नेता भण्डारीले पार्टीभित्रको विवाद मिलाएर एकताको सन्देश दिन सक्रिय रहेको प्रतिक्रिया दिएका छन्। नेता भण्डारीले पुस २७ र २८ गते हुने विशेष महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएकाले सबै नेताहरु त्यसमा सहभागी हुने विश्वाससमेत व्यक्त गरे।




